ख्रीष्टाब्द
२०१० मा दरेन
स्यामी वेस्ट इन्डिज क्रिकेट
टिमका कप्तानमा नियुक्त
गरिए । हालसम्म
तिनी मात्र एक
यस्ता कप्तान हुन्
जसले दुई पटक
आईसीसी
वल्र्ड
ट्वेन्टी
ट्वेन्टीको उपाधी
उचालेका छन् ।
तिनकै कप्तानीमा वेस्ट
इन्डिजले २०१२ मा
श्रीलङ्कालाई हराएको थियो भने
२०१६ मा इङ्गल्यान्डमाथि
जित दर्ता गरेको
थियो ।
क्रिकेटको
दुनियाँमा आफ्नो पृथक् पहिचान
बनाएका स्यामीसित लिइएको एउटा
अन्तर्वातामा तिनले भनेका थिए,
“मेरी आमाले मलाई
यसरी हुर्काउनुभयो कि
म मानसिक रूपमा
निकै मजबुत छु
जसको लागि म
उहाँप्रति धन्यवादी छु ।
येशू
ख्रीष्टमाथि
मेरो
अत्यधिक
विश्वास
छ
।
उहाँले
कुनै
गलत
काम
गर्नुभएन
र
पनि
उहाँलाई
क्रूसमा
चढाइयो
।”
ख्रीष्टाब्द
१९८३ मा क्यारेबियन
क्षेत्रमा पर्ने सन्त लुसिया
नामक मुलुकमा जन्मेका
स्यामीलाई मन पर्ने
एउटा भनाइ हो,
“सर्वशक्तिमान्ले तपाईंलाई तपाईंले बोक्न
सक्नेभन्दा बेसी कहिल्यै
दिनुहुन्न ।”
स्यामी
आफ्नो टिमको लागि
प्रार्थना गर्छन् । मार्ग–दर्शनसाथै नेतृत्वको लागि
तिनी परमेश्वरलाई बिन्ती
चढाउँछन् । सही
निर्णय लिन सकियोस्
र असल किसिमले
खेल्न सकियोस् भनी
तिनी येशूलाई पुकारा
गर्छन् ।
परमेश्वरले
मानिसहरूलाई विभिन्न तरिकाले प्रयोग
गर्न सक्नुहुन्छ भन्ने
स्यामीको बुझाइ रहेको छ
। उहाँले कसैलाई
पास्टर बनाउनुहुन्छ त कसैलाई
प्रचारक; कसैलाई शिक्षक त
कसैलाई खेलाडी । तिनको
विश्वासअनुसार उहाँले तिनलाई क्रिकेटर
बनाउनुभयो । क्रिकेटपछिको
जीवन बाँकी नै
छ । घरमा
हुँदा तिनी मण्डलीमा
उपस्थित हुन्छन् ।