तिनको
नाउँ हो, तासिर
अबु सदा ।
तासिर सशस्त्र द्वन्द्वद्वारा
प्यालेस्टाइनको स्वतन्त्रता स्थापित गर्ने
उद्देश्यले स्थापित भएको प्यालेस्टाइन लिबरेसन
अर्गनाइजेसन
(अर्थात् पीएलओ) का सदस्य
थिए । तिनी
पीएलओ प्रमुख यासिर
अराफतका व्यक्तिगत चालक पनि
थिए ।
तासिरको
जन्म ख्रीष्टाब्द १९५१
मा प्यालेस्टाइनको गाजामा
भएको थियो ।
तिनका माता पिता
साउदी अरबमा बसाइँ
सरेपछि तिनी एक
मुसलमानको रूपमा हुर्काइएका थिए
। तिनले यहूदीहरूलाई
अत्यधिक घृणा गर्थे
। यहूदीहरूलाई लुकीछिपी
गोली हान्ने तालिम
दिइएको थियो तिनलाई
। यहूदीहरूसित लडाइँ
गरी तिनीहरूलाई मार्नलाई
तिनी आफैले पनि
केटाकेटीहरूलाई तालिम दिन्थे ।
किन
तासिरले यहूदीहरूलाई यति धेरै
घृणा गरेका थिए
? १९६७ मा ६
दिनसम्म लम्बिएको युद्धमा तिनका
मानिसहरू यहूदीहरूबाट पराजित भएका
थिए । तिनीहरू
सङ्ख्यामा धेरै, आकारमा ठुलो
र तिनीहरूसित बेसी
हातहतियार भए तापनि
तिनीहरू यहूदीहरूबाट पटक–पटक
पराजित भएका थिए
। त्यसैले, तिनी
आफै पनि यहूदीहरूको
विरुद्धमा लड्ने एक योद्धा
बनेका थिए ।
त्यस बेला तिनी
लगभग १७ वर्ष
मात्र पुगेका थिए
।
ख्रीष्टाब्द
१९७४ मा तासिर
अमेरिका पुगे ।
तिनले अमेरिकनहरूलाई आफूले
सोचेभन्दा फरक भेट्टाए
। तिनीहरू प्रेमिला
र वास्ता गर्ने
खालका पाए तिनले
। तिनले एक
अमेरिकी स्त्रीसित बिहे गरे
। बिहे गर्नुको
उद्देश्य त्यहाँको नागरिकता प्राप्त
गर्नु मात्र थियो
। त्यसपछि सम्बन्ध
विच्छेद गर्ने तिनको योजना
थियो । १९७९
मा तिनी अमेरिकाको
नागरिक बने ।
तिनले प्रभु येशू
ख्रीष्टको बारेमा राम्ररी बुझेपछि
१९९३ मा तिनी
नयाँ जन्म पाएका
विश्वासी बने ।
तासिर यसरी सम्झन्छन्:
“जब
मैले ख्रीष्टलाई मेरो
ह्दयमा निमन्त्रणा दिएँ परमेश्वरले
मेरो ह्दयमा पहिले
यहूदीहरूका निम्ति र त्यसपछि
मुसलमानहरूका लागि प्रार्थना
गर्ने बोझ हालिदिनुभयो
। परमेश्वरले तिनीहरूका
निम्ति मलाई विशुद्ध
प्रेम दिनुभयो ।
त्यसबेलादेखि यहूदीहरूसितका मेरा सबै
अन्तरक्रियामा मैले तिनीहरूलाई
प्रेम देखाएको छु
। यो अचम्मको
अनुग्रह थियो ! ... यहूदीहरूप्रति भएको
एउटा पलिश्तीको ह्दयलाई
पृथ्वीमा भएको कुनै
पनि कुरोले शुद्ध
पार्न सक्दैन ।
केवल ख्रीष्टको अनुग्रहले
त्यसो गर्न सक्छ
।”
तासिरले
दुई ओटा संस्था
स्थापना गरेका छन्: होप फर इस्माएल
र सिड्स अफ
होप
। अगिल्लो संस्था
सुसमाचारको लागि प्रतिबद्ध
छ भने पछिल्लोचाहिँ
मानव हितसित सम्बन्धित
छ । कसरी
इस्लामिक आतङ्कवादीबाट ख्रीष्टियान मिसनरी बने
भन्ने सम्बन्धमा तिनको
बारेमा एउटा पुस्तक
पनि प्रकाशित भएको
छ ।
यसरी
तासिर आफ्ना मानिसहरूको
पक्षमा लड्ने सशस्त्र लडाकुबाट
ख्रीष्टको पक्षमा लड्ने आत्मिक
लडाकु बनेका छन्
।