तिनीभन्दा
अगिल्लो सन्तान गर्भमै तुहिएकोले
तिनी गर्भमा आउँदा
आमाचाहिँले परमेश्वरसित विशेष प्रतिबद्धता
जनाइएकी थिइन् । बच्चा
स्वस्थ जन्मेको खण्डमा तिनलाई
परमेश्वरको सेवामा अर्पण गर्ने
वाचा बाँधेकी थिइन्
आमाले । यस
पटक बच्चा गर्भमा
तुहिएन ।
तिनी
मण्डलीमा उपस्थित त हुन्थे
तर तिनले धर्मलाई
जीवनको हिस्साको रूपमा हेर्दैनथ्ये
। तिनको लागि
कडा मेहनत र
इमान्दारी मण्डलीमा उपस्थित हुनुभन्दा
महत्त्वपूर्ण थियो ।
किशोर अवस्थामा आइपुग्दा
तिनको बुझाइ रहेको
थियो कि ख्रीष्टियान
धर्म केटाकेटी र
स्त्रीहरूको लागि हो,
तिनीजस्ता मर्दका लागि होइन
। तिनी आफ्नो
नाउँ प्रसिद्ध बनाउन
चाहन्थे ।
तर
भविष्य मान्छेको नियन्त्रणमा नहुने
भएकोले जीवन सधैँ
उसले अपेक्षा गरेको
दिशामा लम्कँदैन । ख्रीष्टाब्द
१९४५ ती मेहनती
युवाको जीवनमा निर्णायक साल
साबित भयो ।
तिनले येशू ख्रीष्टको
खोजी गरेका थिएनन
तर येशू ख्रीष्ट
तिनको खोजी गर्दै
हुनुहुन्थ्यो । ख्रीष्टियमत
र मण्डलीको बारेमा
तिनको जे–जस्तो
दृष्टिकोण रहेको थियो ती
सबै एकै क्षणमा
धुजाधुजा भएर गए
। २४ वर्षको
उमेरमा तिनी नयाँ
सृष्टि बने ।
को
हुन् तिनी ? सारा
दुनियाँले तिनलाई बिल ब्राइटको
नाउँले चिन्छन् ।
ख्रीष्टाब्द
१९५१ मा ब्राइटले
क्याम्पस
क्रुसेड
फर
क्राइस्ट
(हाल यसलाई क्रु नाउँले चिनिन्छ)
नामक ख्रीष्टियान संस्थाको
स्थापना गरे ।
कलेजका विद्यार्थीहरूप्रति लक्षित यस संस्थाका
२५,००० भन्दा
बेसी मिसनरीहरू १९१
ओटा मुलुकमा सक्रिय
छन् ।
१९५२
मा ब्राइटले चार आत्मिक नियमहरू
नामक सुसमाचारीय पर्चा
लेखे । यस
पर्चालाई संसारका प्राय: सबै
मुख्य भाषाहरूमा अनुवाद
गरिएको छ र
१० करोडभन्दा बेसी
बिक्री वितरण गरिएको छ
।
१९७९
मा ब्राइटले जिसस फिल्मको निर्माण
गरे । लूकाको
सुसमाचारमा आधारित यो फिल्म
१,४०० भन्दा
बेसी भाषामा उपलब्ध
छ । न्युयोर्क टाइम्सअनुसार सम्भवत: सबैभन्दा बेसी
हेरिएको फिल्म यही नै
हो । संसारका
३ अरबभन्दा बेसी
मानिसहरूले यसलाई ५ अरबभन्दा
बेसी पटक हेरिसकेका
छन् भनी दाबी
गरिएको छ ।
ब्राइटले
धर्ममा गरेको उन्नतिको प्रशंसा
गर्दै १९९६ मा
तिनी १० करोड
नेपाली रुपियाँ बराबरको टेम्प्लेटन पुरस्कारबाट सम्मानित
भएका थिए जुन
पैसालाई तिनले आत्मिक लाभको
बढवा गर्न चन्दा
दिए ।
१९२१
मा अमेरिकामा जन्मेका
ब्राइट बिसौँ शताब्दीका सर्वश्रेष्ठ
प्रभावशाली सुसमाचार प्रचारकहरूको सूचीमा
पर्छन् ।