येशूले
जम्मा १२ जना
चेला छान्नुभएको थियो
(मत्ती १०:२–४) ।
उहाँको स्वर्गारोहणसम्म उहाँलाई पछयाउनेहरूको सङ्ख्या
१२० पुग्यो भनी
इतिहासकार लूकाले अभिलिखित गरेका
छन्, “यी मानिसहरूको
संख्या प्राय: एक सय
बीस थियो” (प्रेरित
१:१५) ।
त्यसको केही समयपछि
पेन्तिकोसको दिनमा पत्रुसको प्रवचन
सुनेर एकै दिनमा
३,००० मानिस
मण्डलीमा थपिए, “तब जस–जसले उनको
कुरा ग्रहण गरे
तिनीहरूले बप्तिस्मा लिए, र
त्यसै दिन प्राय:
तीन हजार मानिसहरू
तिनीहरूको संख्यामा थपिए” (प्रेरित
२:४१) ।
त्यो सङ्ख्या बढेर
छिट्टै नै ५,००० पुग्यो,
“तर वचन सुन्नेहरूमध्ये
धेरैले नै विश्वास
गरे, र विश्वास
गर्ने मानिसहरूको संख्या
प्राय: पाँच हजार
भयो” (प्रेरित ४:४) ।
ख्रीष्टाब्द
३१३ सम्म ख्रीष्टियानहरूले
उग्र सतावट भोग्नु
परे तापनि विश्वासहरूको
वृद्धिमा कमी आएको
थिएन । ३१३
मा सम्राट् कन्स्टेन्टाइन
महान्ले मिलानको घोषणा जारी गर्दा
विश्वासीहरूको सङ्ख्या ६० लाख
पुगेको थियो ।
ख्रीष्टाब्द १,०००
सम्म आइपुग्दा त्यो
सङ्ख्या बढेर ५
करोड पुगेको थियो
भनी अनुमान गरिएको
छ । अठारौँ
शताब्दीको अन्त्यसम्ममा विश्वासीहरूको सङ्ख्या २१ करोड
५० लाख पुग्यो
। १७९३ मा
भारतमा आधुनिक मिसनका पिता
भनेर चिनिने विलियम
केरीको आगमनसँगै येशूको महान्
आज्ञालाई गम्भीरतापूर्वक लिइयो । परिणाम
स्वरूप ख्रीष्टियान वृद्धिले नाटकीय
रूपमा फड्को मार्यो
।
प्यु रिसर्च
सेन्टरको सर्वेक्षणअनुसार
१,९१० सम्ममा
ख्रीष्टियानहरूको सङ्ख्या ६० करोड
पुगेको थियो ।
२०१२ मा आइपुग्दा
यो सङ्ख्या बढेर
२ अरब १८
करोड भयो ।
उही सेन्टरको सर्वेक्षणअनुसार
यही दरमा ख्रीष्टियानहरूको
वृद्धि भएमा ख्रीष्टाब्द
२०५० सम्ममा ख्रीष्टियमत
नै संसारको सर्वाधिक
ठुलो धर्म रहिरहनेछ
। त्यस बेला
ख्रीष्टियानहरूको सङ्ख्या ३ अरब
नाघ्नेछ ।