१५
वसन्त पार गरेपछि
नयाँ जन्म पाएका
चाल्र्स स्परजिन उन्नाइसौँ शताब्दीको
उत्तराद्र्धमा इङ्गल्यान्डका सर्वश्रेष्ठ प्रचारक थिए
। जीवनमा अनुमानित
एक करोड मानिसहरूलाई
प्रचार गरेका स्परजिनलाई “प्रचारकहरूका
राजकुमार” भनेर चिनिन्छ
। तिनले लन्डनस्थित
एउटा मण्डलीमा ३८
वर्षसम्म पास्टर भई प्रभुको
सेवा गरे ।
तिनका हजारौँ प्रवचनहरू
संसारको चारैतिर पुगेका छन्
। तिनका रचनाहरू
मनग्गे भाषाहरूमा अनुवाद गरिएका
छन् । अनाथालय
खोली सामाजिक सेवामासमेत
होमिएका स्परजिन पत्रिकाका सम्पादक
पनि थिए ।
प्रवचन, आत्मचरित्र, टिप्पणीसाथै विभिन्न
साहित्यिक कृतिहरूमा कलम चलाएका
स्परजिनले कविता, भजनसाथै प्रार्थनाको
विषयमा पनि लेखे
। स्रोताहरूले मन्त्रमुग्ध
भएर तिनका प्रवचनहरू
सुन्थे । ख्रीष्टाब्द
१८३४ मा इङ्गल्यान्डमा
जन्मेका स्परजिनले एक पटक
यसरी भनेका थिए:
यदि
परमेश्वरले बोल्नुभएको छ भने
सुन्नुस् । यदि
परमेश्वरले आफ्ना वचनहरू एउटा
पुस्तकमा अभिलिखित गर्नुभएको छ
भने विश्वासिलो ह्दय
लिएर यसका पानाहरूको
खोजी गर्नुस् ।
यदि तपाईं यसलाई
परमेश्वरबाट प्रेरणा भएको पुस्तकको
रूपमा स्वीकार गर्नुहुन्न
भने यसमा तपाईंले
विशेष ध्यान दिनुस्
भनेर म तपाईंलाई
निमन्त्रणा दिन सक्दिनँ
। तर यदि
तपाईं यसलाई परमेश्वरको
पुस्तकको रूपमा हेर्नुहुन्छ भने
ख्रीष्टको न्याय–आसनमा हाम्रो
भेट हुने भएकोले
बाइबललाई दैनिक अध्ययन गर्नुस्
। अनन्त परमेश्वरलाई
अनादर नगर्नुस् तर
उहाँको वचनमा रमाउनुस् ।