यूहन्ना
३:१६ मा
लेखिएको छ, “किनभने
परमेश्वरले संसारलाई यस्तो प्रेम
गर्नुभयो, कि उहाँले
आफ्ना एकमात्र पुत्र
दिनुभयो, ताकि उहाँमाथि
विश्वास गर्ने कोही पनि
नाश नहोस्, तर
त्यसले अनन्त जीवन पाओस्
।”
यूहन्ना
३:१६ लाई
बाइबलको सबैभन्दा प्रसिद्ध खण्ड
मानिन्छ । यसलाई
व्यापक रूपमा उद्धृत गरिएको
छ । यसलाई
“संक्षिप्त सुसमाचार” पनि भनिन्छ
किनकि यसमा परम्परागत
ख्रीष्टियमतको केन्द्रिय विषयवस्तुको सारांश
पाइन्छ । संसारमा
भएका सारा साहित्यको
योगले पनि यी
पच्चिस ओटा शब्दमा
अन्तर्निहित खजानासित प्रतिस्पर्धा गर्न
सक्दैन । यसमा
आशाविहीनहरूले आशा पाउँछन्
। यसलाई कागजको
सानो टुक्रामा लेख्न
मात्र सकिँदैन तर
सजिलैसित कण्ठस्थ पार्न पनि
सकिन्छ । तपाईंलाई
बाइबलको बारेमा केही थाहा
छैन भने यहाँबाट
सुरु गर्नुस् ।
तपाईंलाई बाइबलको बारेमा हरेक
कुरो थाहा छ
भने यहाँ फर्कनुस्
। हामी सबैलाई
यस पदको खाँचो
छ । मानिसको
ह्दयको समस्या उसको ह्दय
हो । यूहन्ना
३:१६ मा
परमेश्वरले आफ्नो उपचारको विधिलाई
अभिलिखित गर्नुभएको छ । त्यो हो,
उहाँको प्रेम । उहाँले
प्रेम गर्नुभयो त्यसैले
सर्वोत्तम उपहार दिनुभयो ।
यस
पदको बाइबलीय पृष्ठभूमिमा
प्रवेश गर्दा हामी देख्छौँ
कि येशू यरूशलेममा
हुनुहुन्थ्यो । निकोदेमस
नाउँ गरेका व्यवस्थाका
गुरु राती उहाँलाई
भेट्न आए ।
दुई जनाको बातचितको
क्रममा परमेश्वरको राज्य देख्नलाई
नयाँ जन्म पाउनुपर्छ
भनी येशूले तिनलाई
बताउनुभयो । उहाँले
तिनलाई स्वर्गीय कुराहरू, उद्धारसाथै
उहाँमाथि विश्वास नगर्नेले भोग्नुपर्ने
दण्डाज्ञाबारे पनि अवगत
गराउनुभयो ।
विनान्सले
भनेका छन्, “मेरो
लागि यूहन्ना ३:१६ मेरो
विश्वासको मुख्य आधार हो
। उहाँले गर्नुभएको
प्रेमको कारणले म सदाको
निम्ति बाँचेको छु ।”
म्याक पोवेलले भने,
“म यूहन्ना ३:१६ लाई
प्रेम गर्दछु किनकि
यो संक्षिप्त सुसमाचार
हो । यसले
हाम्रो निम्ति परमेश्वरको प्रेमलाई
मात्र बताउँदैन तर
हामीलाई उहाँको आवश्यक छ
भनेर पनि बताउँछ
।” पास्टर ग्रेग
लाउरीले भनेका छन्, “परमेश्वरको
प्रेम केवल राय
होइन तर यस्तो
कुरो हो जसलाई
उहाँले मूर्त रूपमा देखाउनुभयो
। परमेश्वर हामीलाई
अनन्त जीवनको उपहार
दिनुहुन्छ । उपहार
लिनको लागि तपाईंले
यसलाई स्वीकार गर्नुपर्छ
र खोल्नुपर्छ ।”