अनुग्रह
परमेश्वरद्वारा पापीहरूका निम्ति देखाइएको
दया हो ।
थोमस सी.
ओडेन,
ईश्वरशास्त्रीसाथै
लेखक
परमेश्वरको
अनुग्रह नयाँ जीवन
र आत्मिक तेज
दुवैको लागि एउटै
मात्र आधार हो
।
थोमस सी.
ओडेन,
ईश्वरशास्त्रीसाथै
लेखक
परमेश्वरको
शक्ति र अनुग्रहद्वारा
हाम्रा विगतका पापहरू मात्र
क्षमा गरिएका छैनन्
तर नयाँ जीवन
जिउनका लागि हामी
रूपान्तरित पनि भएका
छौँ ।
चाल्र्स कोलसन,
ख्रीष्टियान
अगुवा
हामी
यति टाढासम्म विलिन
हुन सक्दैनौँ जहाँ
परमेश्वरको अनुग्रह हामीसम्म आइपुग्दैन
। त्यसै गरी,
अनुग्रहले हामीलाई त्यहीँ छाड्दैन
। यसले हामीलाई
नयाँ उचाइमा उठाउँछ
।
फिलिप यान्सी,
लेखक
परमेश्वरका
कृपा र अनुग्रहले
मलाई आशा दिन्छन्,
आफ्नै लागि र
हाम्रो संसारको लागि ।
बिल्ली ग्राहम,
सुसमाचार
प्रचारक
ख्रीष्टियान
चरित्रको सिद्धता परमेश्वरमा मात्र
पाइने अनुग्रह र
शक्तिमा पूर्णत: निर्भर हुन्छ
।
एलेन जी.
ह्वाइट,
लेखिका
व्यवस्थाले
पाप पत्ता लगाउको
काम गर्छ; अनुग्रहले
मात्र पापमाथि विजय
हासिल गर्छ ।
अगस्टिन, ख्रीष्टियान
दार्शनिक,
लेखकसाथै
ईश्वरशास्त्री
मानिस
टुटेको अवस्थामा जन्मन्छ ।
ऊ टालटुल गरेर
जिउँछ । परमेश्वरको
अनुग्रह गम हो
।
युजेन ओनिल,
नाटककारसाथै
नोबेल
पुरस्कार
विजेता
मानिसहरू
घामबाट पृथ्वीका अँध्यारासाथै गन्हाने
गुफाहरूमा भाग्न सक्छन् तर
तिनीहरूले घामलाई निभाउन सक्दैनन्
। त्यसै गरी,
मानिसहरूले कुनै पनि
युगमा परमेश्वरको अनुग्रहलाई
तिरस्कार गर्न सक्लान्
तर तिनीहरूले यसलाई
मेटाउन सक्दैनन् ।
ए. डब्लु.
टोजर,
पास्टर,
लेखकसाथै
सम्पादक
प्रचुर
पाप संसारको लागि
त्रास हो तर
प्रचुर अनुग्रह मानव–जातिको
लागि आशा हो
।
ए. डब्लु.
टोजर,
पास्टर,
लेखकसाथै
सम्पादक