menu bar

Wednesday, May 25, 2016

मिसनरीहरूको हत्या गर्ने हत्यारा येशूको सुसमाचारद्वारा रूपान्तरित भए



जनवरी १९५६ मा एउटा डरलाग्दो आक्रमण हुन पुगेको थियो जसमा जना मिसनरीले ज्यान गुमाए हुरानी नामक जङ्गली आदिवासीको बिचमा येशू ख्रीष्टको सुसमाचार लैजाने प्रयासमा हुरानी लडाकाहरूले मिसनरीहरूमाथि आक्रमण गरी तिनीहरूलाई मारेका थिए   

को थिए हुरानीहरू ? दक्षिण अमेरिकी मुलुक इक्वेडरको घना जङ्गलमा बस्ने एउटा आदिवासीको नाउँ होहुरानी उका पनि भनेर चिनिने यो आदिवासी अत्यन्तै हिंसक थियो तिनीहरू जङ्गलमै जन्मन्थे; त्यहीँ हुर्कन्थे त्यहीँ मर्थे तिनीहरूको क्षेत्रमा आएका बाहिरका मानिसहरूलाई तिनीहरूले मारिदिन्थे   एउटा खतरनाक असभ्य जाति जसको बिचमा येशूको सुसमाचार लैजानु फलामको चिउरा चपाउनुसरह थियो तरै पनि पाँच जना मिसनरीहरू येशूको सन्देश लिएर तिनीहरूकहाँ जान चाहन्थे सुसमाचार लैजाने तिनीहरूको इमान्दार प्रयासमा ती पाँचै जना सहिद भएका थिए मिसनरीहरूको हत्या गर्ने हुरानीहरूमध्ये एक जना थिए, मिन्की पाँच जनामध्ये दुई जना नेट सेन्ट र एड म्याकुलीलाई तिनले भालाले रोपेका थिए ।    

१९५८ मा अन्य मिसनरीहरू हुरानी जातिसित शान्तिपूर्ण सम्पर्क गर्न सफल भए मिसनरीहरू तिनीहरूकै बिचमा गएर बसे; तिनीहरूका भाषा सिके तिनीहरूलाई बाइबलको वचन सिकाए मिन्कीको ह्दयमा बद्लाउ आयो तिनी ख्रीष्टका अनुयायी बने अन्त्यमा, तिनी हुरानीहरूको बिचमा स्थापित एउटा मण्डलीका प्रचारकसाथै एल्डर बने ख्रीष्टियान बनेपछि उक्त जातिको बिचमा देखा परेको परिवर्तनलाई तिनी यसरी बताउँछन्, “तिनीहरूले हामीकहाँ बाइबल नल्याएसम्म हामीले नराम्ररी व्यवहार गर्यौँ त्यसपछि उहाँको वचनलाई देखेपछि उहाँको असल मार्गलाई पछयाएपछि अहिले हामी खुसी शान्तिमा बस्छौँ ”  

सहादत प्राप्त गरेका एक जना मिसनरी नेट सेन्टका छोरा स्टिभसित मिन्कीको घनिष्ठ सम्बन्ध थियो स्टिभ धेरै वर्षसम्म तिनीहरूसँगै बसे मिन्कीले स्टिभका पितालाई मारेकाले स्टिभलाई हुर्काउनु आफ्नो विशेष जिम्मेवारी हो भनी तिनले बुझेका थिए १९९५ मा सेन्टको परिवार स्थायी रूपमा हुरानीहरूको बिचमा बस्न आएपछि मिन्कीले सहिद नेट सेन्टका सन्तानलाई आफ्नै नाति नातिनाको रूपमा लिए

लगभग ख्रीष्टाब्द १९३५ मा मिन्कीको जन्म भएको थियो १९९७ मा मिन्की पहिलो पटक अमेरिका गए स्टिभ सेन्टसँगै तिनी धेरै पटक अमेरिका पुगिसकेका छन् विख्यात सुसमाचार प्रचारक बिल्ली ग्राहमको संस्थाले ख्रीष्टाब्द २००० मा नेदरल्यान्डको राजधानी सहरमा आयोजना गरेको अन्तर्राष्ट्रिय सुसमाचारीय सम्मेलनमा मिन्की स्टिभसँगै उपस्थित भएका थिए सुसमाचार सुनाउने क्रममा मिसनरीहरूले प्राप्त गरेको सहादतमा आधारित रहेर निर्माण गरिएको दुई ओटा फिल्म (२००४ २००६ मा निर्मित) मा मिन्कीको भूमिकालाई देख्न पाइन्छ   

यसरी मिसनरीहरूको हत्या गर्ने कुख्यात हत्यारा येशूको सुसमाचारद्वारा पूर्ण रूपमा रूपान्तरित भई प्रचारक मण्डलीको अगुवा बने   

Leave Your Comments Here.