ख्रीष्टाब्द
१८३२ मा इङ्गल्यान्डमा
जन्मेका हडसन टेलर
चीनमा मिसनरी भई
जाने परमेश्वरका ती
महान् दास हुन्
जसले चाइना इनल्यान्ड
मिसनको स्थापना
गरे जसलाई हाल
ओएमएफ
इन्टरनेसनल
भनेर चिनिन्छ ।
तिनीद्वारा स्थापित यस संस्थाले
८०० भन्दा बेसी
मिसनरीहरूलाई चीनमा झित्र्याउन महत्त्वपूर्ण
भूमिका निभाएको छ जुन
संस्थामार्फत हजारौँ मानिसहरूले प्रभु
येशूलाई चिन्ने मौका पाएका
छन् ।
१७
वर्षको उमेरमा एउटा सुसमाचारीय
पर्चा पढेपछि आफ्नो
जीवन उहाँको राज्य
बिस्तारमा अर्पण गरेका टेलरले
परमेश्वरमाथि पूर्ण भरोसा गर्थे
। तिनले आफ्नो
जर्नलमा लेखेका छन्:
हाम्रा
स्वर्गीय पिता ज्यादै
अनुभवी व्यक्तित्व हुनुहुन्छ ।
हरेक बिहान उहाँका
सन्तानहरू स्वच्छ भोक लिएर
उठ्छन् भनी उहाँलाई
राम्ररी थाहा छ
। ... उहाँले ३०
लाख यहूदीहरूलाई ४०
दिनसम्म उजाड–स्थानमा
जीवित राख्नुभयो ।
उहाँले चीनमा ३० लाख
मिसनरी पठाउनुहुनेछ भनी हामी
अपेक्षा त गर्दैनौँ
तर उहाँले त्यसो
गर्नुभयो भने तिनीहरू
सबैलाई जीवित राख्न उहाँसित
यथेष्ट माध्यमहरू छन् ।
... परमेश्वरको तरिकाले गरिएको परमेश्वरको
काममा कहिल्यै परमेश्वरको
आपूर्तिको कमी हुनेछैन
।