menu bar

Friday, May 6, 2016

जब शान्तिको नदी मभित्र बग्दछ



जब शान्तिको नदी मभित्र बग्दछ
जब हुरी बतास चल्दछ
हरेक समयमा गाउन सिकाउनुभयो
मुक्त , मुक्त मेरो प्राण

होरासियो गेट्स स्पाफोर्डद्वारा रचित चर्चित भजनका शब्दहरू हुन् यी ख्रीष्टाब्द १८७६ मा पहिलो पटक प्रकाशित यो एउटा प्रभावशाली भजन हो यस भजनले ह्दय स्पर्शी पृष्ठभूमि बोकेको

स्पाफोर्डले जीवनमा कम से कम तिन ओटा दर्दनाक घटनाको अनुभूति गरेपछि तिनले यो भजन लेखेका थिए
पहिलो घटना थियो: तिनले वर्षको आफ्नो छोरो गुमाए

दोस्रो थियो: १८७१ मा सिकागोमा भीषण आगलागी भएको थियो जसमा तिनले ठुलो आर्थिक क्षति बेहोर्नु परेको थियो तिनी एक सफल वकिल थिए तिनले लगानी गरेको क्षेत्रमा आगोले ठुलो क्षति पुर्याएको थियो

तेस्रो थियो: पानी जहाज दुर्घटनामा स्पाफोर्डले आफ्ना चार छोरी गुमाए ख्रीष्टाब्द १८७३ मा तिनले आफ्नो परिवारलाई लिएर पानी जहाजबाट युरोप यात्रा गर्ने योजना बनाएका थिए आफ्नो व्यस्तताको कारणले तिनले परिवारलाई अगाडि पठाए तिनको परिवार चढेको पानी जहाजले एटलान्टिक महासागर पार गरिरहँदा त्यो अर्को पानी जहाजसित ठक्कर खान पुग्यो परिणामत: जहाज तीव्र गतिमा डुब्न पुग्यो स्पाफोर्डका चारै जना छोरीको निधन भयो भाग्यवश: तिनकी पत्नी अन्ना बाँच्न सफल भइन् उनले पतिलाई यसो भनेर सन्देश पठाइन्, “एकलै बाँचियो ...

पानी जहाज दुर्घटनाको केही समयपश्चात् स्पाफोर्ड शोकले आकुल व्याकुल भएकी आफ्नी पत्नीलाई भेट्न निस्के तिनी चढेको पानी जहाज दुर्घटना भएको ठाउँ नजिकै पुग्दा तिनले माथि उल्लिखित शब्दहरू कोर्ने प्रेरणा पाएका थिए   



Leave Your Comments Here.