menu bar

Sunday, May 22, 2016

येशूमा आउन सङ्घर्ष गरेका ब्रेनार्डको संक्षिप्त जीवनले व्यापक प्रभाव पार्‍यो



वर्ष पुगेपछि डेभिड ब्रेनार्डले प्रभुको खोजी गर्न लागे तिनले प्रभुमा आउन ठुलै सङ्घर्ष गर्नुपरेको थियो आफ्नो स्वधार्मिकतालाई विश्वासले विस्थापित गर्न तिनलाई हम्मेहम्मे परेको थियो

१२ जुलाई १७३९ को दिन थियो अँध्यारो छाइसकेको थियो तिनी झ्याम्म परेका वृक्षहरूका बिचमा जाँदै थिए तिनलेअवर्णनीय महिमाको अनुभूति गरे तिनले अनुभव गरेको महिमा कुनै बाहिरी ज्योति थिएन त्यो कुनै प्राकृतिक कुरो थियो तर यो तिनले परमेश्वरलाई पाएका थिए भन्ने भित्रपट्टिको नयाँ चेतना थियो तिनले पहिले कहिल्यै त्यस्तो महसुस गरेका थिएनन् त्यस्तो अनौठो अनुभवपश्चात् तिनी शान्त रही उभिरहे छक्क परे

अब अन्य कुनै पनि थोकभन्दा परमेश्वरलाई उचाल्नु नै तिनको ह्दयको चाहना बन्यो तिनले झण्डै एक हप्तासम्म बडो आनन्दको महसुस गरे

ख्रीष्टाब्द १७१८ मा अमेरिकामा जन्मेका ब्रेनार्ड केवल २९ वर्ष बाँचेका थिए तर तिनको छोटो जीवनले कैयौँलाई प्रेरणा दियो, येशूलाई पछयाउन तिनको संक्षिप्त जीवन सङ्घर्षको भूमरीमा बितेको थियो ब्रेनार्ड स्थानीय अमेरिकनहरूका लागि मिसनरी बनेर गएका थिए विलियम केरी, जिम इलिअट, अदोनिराम जडसनसाथै हेन्री मार्टिनजस्ता प्रसिद्ध मिसनरीहरूले तिनकै पाइला पछयाएका थिए तिनी आफैले थोरैलाई प्रभुमा जितेको भए तापनि तिनको बारेमा लेखिएका पुस्तकहरूको कारणले गर्दा तिनी व्यापक रूपमा चिनिए

Leave Your Comments Here.