आफ्ना
पिता को हो
भनी उनलाई थाहा
छैन । उनी
जन्मेको वास्तविक स्थल र
मिति पनि उनलाई
थाहा छैन ।
उनलाई आमाले कुनै
नाउँ दिएकी थिइन्
होला तर त्यसबारे
पनि उनी अनभिज्ञ
थिइन् । उनकी
आमाले उनलाई आफूसित
हुर्काउन चाहिनन् । आमाले
उनलाई रेलको प्लेटफर्ममा
छाडिदिइन् जुन बेला उनी
केवल चार या
पाँच वर्षकि थिइन्
।
आफ्नो
भन्ने कोही थिएन्,
न आमा न
बुबा न कुनै
आफन्त । सानै
उमेरदेखि उनले आफ्नो
एकल जिन्दगीको आरम्भ
गरिन्, रेलको प्लेटफर्मबाट ।
त्यस
बेला कोरियाका सहरहरूमा
अनाथ बाल बालिकाहरूको
रेखदेख गर्ने संस्थाहरू नभएका
होइनन् तर उनी
गाउँमा थिइन् । उनले
खाने कुराहरू चोरेर
पेट पाल्न थालिन्
।
उनकी
आमा एसियाली थिइन्
भने बुबा पश्चिमेली
। उनी ठिमाहा
थिइन् । त्यसैले,
अन्य केटाकेटीहरूले उनलाई
अवहेलना गर्थे । किसानहरूका
खानेकुरा चोरेकीले उनी तिनीहरूको
गालीको सिकार बन्थिन् ।
हरेकको निम्ति उनी फोहोरीसाथै
अपहेलित केटी थिइन्
। उनी बेकम्मा
थिइन्; उनी अशुद्ध
थिइन्; उनको कुनै
नाउँ थिएन; उनको
कुनै पहिचान थिएन;
उनको कुनै भविष्य
थिएन न त कुनै आशा
थियो । समय
बित्दै गएपछि उनले आफैलाई
घृणा गर्न थालिन्
।
एक
दिन उनले चोरी
गर्दा कृषकहरूले उनलाई
पक्रे र तिनीहरूले
उनलाई प्रयोगमा नआएको
इनारजस्तो पानीको तलाउमा फ्याँकिदिए
। उनी मर्नेथिइन्
भन्ने तिनीहरूले अपेक्षा
गरेका थिए ।
उनी त्रसित भइन्
किनकि उनलाई पौडन
आउँदैनथ्यो । उनी
गुहार माग्दै चिच्च्याइन्
तर प्रतिध्वनिसिवाय केही
फर्केर आएन । त्यो
नै उनको अन्तिम
दिन भन्ने लागेको
थियो उनलाई ।
अन्तत:, एउटी स्त्रीद्वारा
उनको उद्धार गरियो
।
थुप्रै
सङ्घर्षको बाबजुत उनी कुनै
एउटा अनाथलयमा आइपुगिन्
। अमेरिकाबाट भर्खरै
आएका मिसनरीहरू डेभिड
र उनकी पत्नी
जुडीले उनलाई धर्मपुत्रीको रूपमा
पाल्न चाहे ।
तिनीहरूले उनलाई स्टिफाइन नाउँ
दिए । उनी
अमेरिका पुगिन् ।
स्टिफाइनका पिता
डेभिड पास्टर थिए
। अब उनले
येशू ख्रीष्टको बारेमा
सुन्ने मौका पाइन्;
परमेश्वरको महान् अनुग्रहको बारेमा
बुझ्ने मौका पाइन्
। आफ्नो किशोर
अवस्थामा उनी परमेश्वरको
सन्तान बनिन् ।
आज
स्टिफाइन फास्ट अनाथहरूको पक्षमा
वकालत गर्ने प्रेरणादायी
व्यक्तित्व बनेकी छन् ।
परमेश्वरले कसरी अनाथ
केटाकेटीहरूको हेरचाह गर्नुहुन्छ भन्नाका
लागि उनी जिउँदो
साक्षी हुन् ।
उनले आफ्नो बारेमा
एउटा पुस्तक प्रकाशित
गरेकी छन् जसबाट
हजारौँले उनको कथा
पढ्न पाएका छन्
। उनले आफ्नो
कथालाई अमेरिकी राष्ट्रपतिसाथै अमेरिकी
संसदसामु पनि प्रस्तुत
गरिसकेकी छन् ।