menu bar

Thursday, May 5, 2016

परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ



उन्नाइसौँ शताब्दीको पूर्वाद्धमा इङ्गल्यान्डको योर्कसाएरमा टेलरको परिवारमा दुई जना छोरा जन्मेका थिए जेठोचाहिँ संसदमा प्रवेश गरी आफ्नै नाउँ राख्न कस्सिए भने कान्छोचाहिँले आफ्नो जीवन ख्रीष्टको निम्ति अर्पण गर्ने छनौट गरे

कान्छोचाहिँले पछि स्मरण गरे, “मलाई राम्ररी याद मैले मेरो जीवन, मेरा साथीहरू, मेरा सबै थोक वेदीमाथि राखेँ लाग्थ्यो, परमेश्वरको उपस्थितिमा थिएँ मैले सर्वशक्तिमान्सित करार बाँधेको थिएँ यस्तो प्रतिबद्धता गर्ने व्यक्ति अरू कोही नभएर हडसन टेलर थिए तिनले आफ्नो मुहार चीनतिर फर्काए तिनी त्यस देशमा मिसनरी भएर गए तिनले चाइना इनल्यान्ड मिसनको स्थापना गरे जसलाई हाल ओएमएफ इन्टरनेसनल भनेर चिनिन्छ ख्रीष्टाब्द १८६५ मा तिनीद्वारा स्थापित यस संस्थाले ८०० भन्दा बेसी मिसनरीहरूलाई चीनमा झित्र्याउन महत्त्वपूर्ण भूमिका मात्र निभाएन तर यस संस्थामार्फत हजारौँ मानिसहरूले आफ्नो जीवन प्रभु येशूमा सुम्पेका पनि छन् ५१ वर्ष चीनको भूमिमा बिताएका टेलरको बलिदानको लागि तिनी विश्वभर परिचित छन्  

तर अर्को छोरोले दिगो प्रभाव पार्न सकेनन् तिनले केकस्ता काम गरे भनी तपाईंले विश्वकोशमा हेर्नुभयो भनी तपाईंले केवल यी शब्दहरू पाउनुहुन्छ, “हडसन टेलरका दाजु

बाइबलले भन्छ, “संसार बितिजान्छ त्यसको अभिलाषा पनि बितिजान्छ, तर परमेश्वरको इच्छा पूरा गर्नेचाहिँ सधैँको निम्ति रहन्छ” ( यूहन्ना :१७) हडसन टेलरले परमेश्वरको इच्छा पुरा गरे त्यसैले, तिनको नाउँ आज पनि चम्किरहेको    

Leave Your Comments Here.