menu bar

Thursday, May 26, 2016

परमेश्वरले कानेखुसी गर्नुभयो, “मेरो छोरो, तिमी अझै घरमा आइपुगेका छैनौ”



लेखिका अन्ने ग्राहमले हयाभेन माई फादर्स हाउस नामक आफ्नो पुस्तकमा एक जना मिसनरीको कथा बताइएकी छन्

समुएल मोरिसन अफ्रिकामा मिसनरी भएर गएका थिए जहाँ तिनले २५ वर्ष बिताए तिनी पानी जहाजबाट अमेरिका फर्कंदै थिए जुन जहाजमा अमेरिकाका छब्बिसौँ राष्ट्रपति थियोडोर रुजरभेल्ट (१५५८१९१९) पनि अफ्रिकामा शिकार गरेर आउँदै थिए पानी जहाज बन्दरगाहमा उत्रेपछि राष्ट्रपतिको स्वागतको निम्ति मानिसहरूको भिड लागेको थियो मानिसहरूको भिडलाई पन्छाउन प्रहरीहरूलाई हम्मेहम्मे परिरहेको थियो मिसनरीचाहिँ एकलै बाहिरिए कसैले तिनलाई ध्यान दिएन तिनी त्यहाँ थिए वा थिएनन् भनी कसैलाई वास्तै थिएन

आफ्नो ह्दयमा मोरिसनले परमेश्वरलाई गुनासो पोखे, “राष्ट्रपति अफ्रिकामा तिन हप्तासम्म बसे तिनी शिकार गर्न गएका थिए जहाँ तिनले खेलको लागि जनावरहरू मारे घर फर्कंदा तिनको स्वागतको निम्ति सारा संसार नै उर्लेर आएको मैले तपाईंको सेवा गर्दै अफ्रिकामा मेरो जीवनको पच्चिस वर्ष बिताएँ कसैले मलाई अभिवादन पनि गरेको छैन तिनीहरू मेरो बारेमा अन्जान छन्

प्रश्न गरिरहेको ह्दयमा तिनले सुमधुर आवाज सुने परमेश्वरको प्रेमिलो आवाजले तिनको आत्मामा कानेखुसी गर्दै हुनुहुन्थ्यो, “मेरो छोरो, तिमी अझै घरमा आइपुगेका छैनौ ”   

Leave Your Comments Here.