एरिक
लिड्डेल समर्पित ख्रीष्टियानका अतिरिक्त
परिचित धावक पनि
थिए । ख्रीष्टाब्द
१९२४ मा फ्रान्सको
राजधानी पेरिसमा आयोजित ग्रिष्म ओलम्पिक्समा तिनले
१०० मिटरको दौड
दौडन इन्कार गरे
। कारण थियो—
उक्त दिन आइतबार
परेको थियो जुन
दिन पश्चिमा जगत्मा
ख्रीष्टियानहरू सामूहिक आराधनाको लागि
मण्डलीमा भेला हुन्छन्
।
विकल्पको
रूपमा तिनले ४००
मिटर दौड प्रतियोगिताको
लागि आफ्नो नाउँ
दर्ता गरे ।
दौडनुभन्दा केही समयअगि
एक जना अमेरिकनले
तिनको हातमा एउटा
कागजको टुक्रा थमाइदिए जसमा
१ शमूएल २:३० को
अंश लेखिएको थियो,
“मलाई आदर गर्नेलाई
म आदर गर्नेछु
।” त्यस वचनलाई
आफ्नो हातमा लिएर
एरिक दौडे ।
तिनले स्वर्ण पदक
मात्र जितेनन् तर
४७.६ सेकेन्डमा
दौड पुरा गरी
विश्व कीर्तिमान पनि
रचे ।
तिनको
दौडको योजनालाई तिनले
यसरी व्याख्या गरेका
थिए, “४०० मिटर
दौडमा मैले हात
पारेको सफलताको रहस्य यही
हो कि पहिलो
२०० मिटर मैले
जतिसक्दो चाँडो दौडेँ ।
त्यसपछि, दोस्रो २०० मिटर
परमेश्वरको सहायताद्वारा मैले झनै
बेसी दौडेँ ।”
१००
मिटर दौडमा भाग
नलिएकोले कतिले तिनलाई सन्काहा
भने । तर
अरूहरू तिनको दृढ विश्वास
देखेर प्रेरित भए
। तिनको निर्णयले
तिनका सहकर्मीहरूलाई मात्र
प्रभाव पारेन तर वर्षौंपछि
ओस्कार पुरस्कार जित्न सफल
अग्निका
रथहरू
नामक चलचित्रले तिनको
कथा बतायो जसले
पछिल्लो पुस्तालाई इमान्दार जीवन
जिउन प्रेरणा दिएको
थियो ।