भारतको
उत्तरी क्षेत्रको कुनै एउटा बजारमा
एक जना ख्रीष्टियान
मिसनरी प्रचार गर्दै थिए
। प्रवचनको अन्त्यमा
एक जना मुसलमान
अगाडि बढे र
तिनले यसो भने,
“हामीसित एउटा कुरो
छ जुन तपाईंहरूसित
छैन भनी तपाईंले
स्वीकार गर्नैपर्छ र त्यो
कुरो तपाईंहरूसित भएको
कुनै पनि कुराभन्दा
राम्रो छ ।”
मिसनरीले
मुस्कुराउँदै जान्न चाहे, “त्यो
के होला भनी
जान्न पाएँ म
खुसी हुनेथिएँ ।”
ती
मुसलमानले भने, “तपाईंलाई थाहा
छ कि हामी
मक्कामा जाँदा कम से
कम हामी कफिन
बाकसलाई देख्छौँ । तर
तपाईं ख्रीष्टियानहरू यरूशलेम
अर्थात् तपाईंहरूको मक्कामा जानुहुँदा
तपाईंले रित्तो चिहानसिवाय केही
पनि देख्नुहुन्न ।”
मिसनरीले
फेरि मुस्कुराउँदै भने,
“त्यही नै हो
भिन्नता । मुहम्मद
मृत छन् ।
तिनी कफिन बाकसमा
छन् । झुटा
धर्म र दर्शनशास्त्रहरू
कफिनको बाकसभित्र छन् ।
तर येशू ख्रीष्ट
जसको राज्यमा सबै
जाति, कुल, भाषाका
मानिसहरू अटाउँछन् उहाँ यहाँ
हुनुहुन्न । उहाँ
बौरी उठ्नुभएको छ
। स्वर्ग र
पृथ्वीका सबै अधिकार
उहाँलाई दिइएका छन् ।
त्यो नै हाम्रो
आशा हो ।”