menu bar

Friday, May 27, 2016

हिन्दु धर्मका भक्त प्रितीले आफूले नखोजेको येशूमाथि विश्वास गरिन्



प्रिती कृष्णनले येशूलाई अङ्गाल्ने थिइन् भनी कहिल्यै अपेक्षा गरेकी थिइनन् भारतको उत्तर प्रदेश प्रान्तको सर्वाधिक ठुलोसाथै राजधानी सहर लखनऊस्थित इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट लखनऊमा उनी विद्यार्थी थिइन् उनी हिन्दु धर्ममा एक ईश्वरभक्त स्त्री थिइन् उनले नियमित रूपमा आफ्ना भगवान्हरूलाई प्रार्थना चढाउँथिन् अधिकांश हिन्दुहरूजस्तै उनी कर्मबारे सचेत थिइन्  

ख्रीष्टाब्द २००० को अगस्ट महिनाको कुनै एउटा रातमा उनी श्लोकहरू पढ्दै थिइन् त्यति बेला उनी २२ वर्षकी थिइन् ती श्लोकहरू हिन्दु देवता गणेशसित सम्बन्धित थिए तर हरेक पटक आँखा बन्द गरेर ती श्लोकहरू पढ्न खोज्दा उनले आँखाको सामु एउटा ठुलो कालो हात्तीलाई देख्थिन् उनी अत्यन्तै डराइन् उनलाई आफ्नो जीवनको अन्त्य आएको जस्तो लाग्यो उनले आफ्नो मन पर्ने गणेश भगवान्लाई खुसी पार्न सकिनन् भन्ने लाग्यो उनलाई

कुनै अर्को देवलाई खुसी पार्न सकिन्छ भनी उनले आफ्ना आँखा घुमाइन् एउटा निलो रङको पुस्तकमा गएर उनका आँखा रोकिए त्यो बाइबल थियो जुन उनले स्कुलमा पाएकी थिइन् उनले खोलिन् पढिन् उनले के पढिन् त्यो उनलाई याद भएन तर उनलाई बोझ हटेको महसुस भयो त्यस रात उनले येशूको प्रेम शक्तिको महसुस गरिन्

जति धेरै उनले बाइबल पढ्न थालिन् उति नै धेरै उनी येशूको व्यक्तित्वदेखि उत्सुक भइन् उनी बेङ्गलोरस्थित एउटा मण्डलीमा गइन् जहाँ उनलेनयाँ जन्मको विषयमा पास्टरबाट सिक्ने मौका पाइन् येशू को हुनुहुन्छ उहाँ किन आउनुभयो भन्ने बुझेपछि उनले येशूलाई आफ्नो व्यक्तिगत प्रभु मुक्तिदाताको रूपमा स्वीकार गरिन् उनले मुक्ति पाएकोमा उनी खुसी छिन् मेडिकल क्षेत्रमा विद्यावारिधि गरेकी प्रिती भन्छिन्, “येशू मात्र स्वर्गको बाटो हुनुहुन्छ ”  

      

Leave Your Comments Here.