menu bar

Monday, May 9, 2016

डाक्टरको सबैभन्दा महत्त्वपूर्ण खोज: “म पापी हुँ र येशू ख्रीष्ट मेरा मुक्तिदाता हुनुहुन्छ”



जेम्स सिम्पसोनले १८ वर्षको उमेरमा आफ्नो अन्तिम परीक्षा सके तर तिनी निकै जवान भएकोले मेडिकल अभ्यासको लागि लाइसेन्स हात पार्न तिनले दुई वर्ष पर्खनु परेको थियो २८ वर्षकै उमेरमा तिनी एडिनवर्ग विश्वविद्यालयको मेडिकल शाखाको प्रमुखमा नियुक्त गरिएका थिए

ख्रीष्टाब्द १८११ मा स्कटल्यान्डमा जन्मेका सिम्पसोनलाई चिकित्सा इतिहासमा एक महत्त्वपूर्ण प्रतिभाको रूपमा आदर गरिन्छ तिनी डाक्टर मात्र थिएनन् तर एक भक्त ख्रीष्टियान पनि थिए तिनको अन्तेष्टिको दिनमा स्कटल्यान्ड सरकारले बिदाको घोषणा गरेको थियो तिनको अन्तेष्टिमा ,००,००० भन्दा बेसी नागरिकको लस्कर लागेको थियो

चिकित्सा क्षेत्रमा ख्रीष्टाब्द १८४७ को साल सम्झनलायक साबित भयो किनकि त्यही सालमा सिम्पसोनले एउटा अद्भूत खोज पत्ता लगाएका थिए शल्यक्रिया गर्दा मान्छेलाई अचेत पार्न क्लोरोफर्मको प्रयोग गर्न सकिन्छ भन्ने धारणालाई तिनले अगि सारे क्लोरोफर्म बेहोस पार्न प्रयोग गरिने एक प्रकारको तरल पदार्थ हो खतराभन्दा खतरा परिस्थितिमा पनि कुनै डरविना यसको प्रयोगद्वारा मान्छेको शल्यक्रिया गर्न सकिन्छ भनी तिनको परीक्षणले पुष्टि गर्यो यस खोजको सम्बन्धमा केही मानिसहरूले यसो पनि भनेका थिए, “यो आधुनिक विज्ञानकै एउटा अत्यधिक महत्त्वपूर्ण खोज हो

आफ्नो खोज पत्ता लगाएको केही वर्षपश्चात् एडिनवर्ग विश्वविद्यालयमा सिम्पसोनले पढाइरहँदा एक जना विद्यार्थीले सोधे, “तपाईंको विचारमा तपाईंले जीवनमा गर्नुभएका खोजहरूमध्ये कुनचाहिँ सबैभन्दा महत्त्वपूर्ण ?” डाक्टरले क्लोरोफर्मलाई उल्लेख गर्नेथिए भनी प्रश्नकर्तासाथै सबै विद्यार्थीहरूले अपेक्षा गरेका थिए तर सबै जनालाई चकित पार्दै सिम्पसोनले जवाफ दिए, “ पापी हुँ येशू ख्रीष्ट मेरा मुक्तिदाता हुनुहुन्छ भनी जब मैले पत्ता लगाएँ, त्यो नै मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण खोज थियो

Leave Your Comments Here.