menu bar

Sunday, May 1, 2016

१० वर्षको उमेरमा नै आत्महत्या गर्ने कोसिस गरेका ठिटोलाई बाइबलले बदल्यो



१० वर्षको उमेरमा तिनले आफ्नै टाउकोमा बन्दुकले हानेर मर्ने कोसिस गरे तर भाग्यवश: बन्दुक पड्काउन नमिल्ने गरी राखिएकोले गोली पड्केन किन १० वर्षको ठिटोले आत्महत्या गर्न खोजिरहेका थिए ? कथा यस्तो

१६ वर्षको उमेरीमा तिनकी आमा कोही एक जना पुरुषबाट गर्भवती भइन् तिनकी आमा कलगर्ल अर्थात् वेश्या थिइन् त्यो बच्चा जन्माउने उमेर थिएन भनी वेश्याको दलाललाई राम्ररी थाहा थियो गर्भपतनको मनग्गे असफल प्रयत्नपश्चात् तिनकी आमाले तिनलाई जन्म दिएकी थिइन् शारीरिक दुर्बलताहरू लिएर जन्मेको बच्चा चाहलाग्दो थिएन त्यसैले तिनी निमोनियाबाट झण्डै मरे

१९७३ मा तिनको जीवनमा बद्लाउ आयो एक जना स्पियर्स नाउँ गरेकी शिक्षिकाले तिनलाई कसरी भाषण गर्ने भनी सिकाउन थालिन् ती शिक्षिका ख्रीष्टियान थिइन् जसको कुनै सन्तान थिएन उनी दयालु थिइन् उनले केटोको हातमा एउटा बाइबल दिइन् तिनले पहिलो पटक आफ्नो हातमा बाइबल पाउँदै थिए

तिनले बाइबल दैनिक पढ्न थाले तिनले इस्राएलीहरूलाई मिश्री दासत्वबाट छुटकारा दिलाउन परमेश्वरले भकभके मोशालाई प्रयोग गर्नुभएको कथा पढे तिनले घुयेँत्रोको माध्यमबाट एउटा ठिटोले गोल्यातलाई पराजित गरेको ऐतिहासिक विवरण पढे

गहन रूपमा चोट लागेका मानिसहरूलाई परमेश्वरले प्रयोग गर्न सक्नुहुन्छ भनी तिनले बाइबल पढेर बुझे परमेश्वरविनाको जीवन बेकम्मा हुन सक्छ भनी उहाँलाई प्राप्त गरेको जीवन सन्देश बन्न सक्छ भनी तिनले सिके

पछि तिनी विद्वान् बने तिनी युवा पास्टर बने तिनले आशाको सन्देश दिन थाले तिनले आफ्नी आमा, हजुरआमा, हजुरबुबासाथै अन्य नातेदारहरूलाई प्रभु येशूमा डोर्याए

तिनले मण्डलीहरू स्थापना गरेका; जागृतिका सन्देशहरू बाँडेका छन्; पाँच ओटा पुस्तक लेखेका छन्; टेलिभिजनमा कार्यक्रम चलाएका छन्; संसारका अगुवाहरूलाई परामर्श दिएका छन् अफ्रिका भारतमा शान्ति कायम राख्ने प्रयास गरेका छन् हजारौँ मानिसहरूले तिनको जीवन कहानी सुन्ने अवसर पाएका छन् तिनको नाउँ हो, रन आर्चर

यसरी एक जना शिक्षिकाले दिएको बाइबलबाट तिनी विश्वासको मार्गमा मात्र आएनन् तर आज तिनी परिचित ख्रीष्टियान अगुवासमेत बनेका छन्    



Leave Your Comments Here.