menu bar

Sunday, May 8, 2016

येशूलाई अङ्गालेपछि ड्रग्सको लतमा फसेका हफको जीवनमा आमूल परिवर्तन आयो



तिनको नाउँ हो, कोडी हफ १२ वर्षको उमेरदेखि तिनले गाँजा तान्न थाले १३ वर्षमा तिनले सडकमा पत्रिका बेच्न थाले, खाना ड्रग्सको लागि पैसा जुटाउन तिनी विनाशको मार्गतर्फ लम्कँदै थिए तिनी चोर थिए तिनले ड्रग्सको कारोबार गर्थे तिनी बारम्बार जेलमा पनि परेका थिए तिनले आफ्नो विगतलाई यसरी व्याख्या गरेका छन्मैले हरेक कुरो गुमाएको थिएँ; दुव्र्यसनी थिएँ; जेलमा पर्ने निस्कने गर्थें; घरबारविहीन थिएँ; त्यागिएको थिएँ; मेरो प्रतिष्ठाको हरेक आखिरी मात्रा गइसकेको थियो मैले आफैलाई घृणा गर्थें मैले परमेश्वरलाई घृणा गर्थें

हफसित पैसा थिएन; तिनको जाने ठाउँ थिएन; तिनलाई ड्रग्सको लत लागेको थियो; के गर्ने तिनलाई थाहा थिएन यस्तो बेवारिसे जिन्दगी बिताइरहेको बेलामा कसैले तिनलाई सेन्ट्रल ख्रीष्टियान चर्चको बारेमा बतायो

हफ उक्त मण्डलीमा गए त्यहाँ कुनै एक जना स्त्रीले तिनलाई भनिन्, “सर, तपाईंलाई मायाको खाँचो हफले आफैलाई प्रेम गर्न छाडिसकेका थिए त्यसैले तिनले लापार्वाही जीवन बिताउँदै आएका थिए तिन महिनासम्म तिनी नुहाएका थिएनन् तिनको शरीरबाट दुर्गन्ध आइरहेको थियो मायाको कुरो सुन्दा हफ छक्क पर्नु अस्वाभाविक थिएन तिनले त्यहाँ मानिसको प्रेमको अनुभूति मात्र गरेनन् तर ईश्वरीय प्रेमको बारेमा पनि सुन्ने मौका पाए तिनले येशूको प्रेमको बारेमा सुने

बिस्तारैबिस्तारै येशूप्रति हफको मोह बढ्दै गयो तिनलाई धेरै कुरा थाहा थिएन तरै पनि तिनी जान्दथे कि येशू तिनको निम्ति मर्नुभएको थियो; तिनी पापी थिए क्षमा उपलब्ध परमेश्वरको सन्तान बन्नको लागि यति ज्ञान अपर्याप्त थिएन तिनले दस वा पन्ध्र मिनेट प्रार्थनामा बिताएपछिआमेनभने जीवनमा तिनले कहिल्यै अनुभूति नगरेको शान्तिको महसुस गरे तिनी तत्काल नयाँ मान्छे बने तिन हप्तापश्चात् तिनले बप्तिस्मा लिए

तिनी हरेक हप्ता बाइबल अध्ययनमा उपस्थित हुन थाले मण्डलीमा जाने तिनको आदत बन्यो तिनले येशूको बारेमा बताउन सुरु गरे तिनले मण्डलीमा स्वैच्छिक रूपमा काम गर्न थाले तिनी आफ्नो आत्मिक यात्रामा बिस्तारैबिस्तारै बामे सर्दै थिए

आज तिनी लस भेगासस्थित होप चर्चमा अभिषिक्त पास्टरको रूपमा सेवा गर्दै छन् ब्रोकन चेन्स नामक सेवाकार्यमार्फत तिनले घरबारविहीनहरूलाई खानासाथै आवासको व्यवस्था मिलाउँछन्     

यसरी ड्रग्सको लतमा फसेर आफ्नो जीवनलाई मृत्युको सङ्घारमा पुर्याइसकेका हफको जीवनमा येशू ख्रीष्टले नाटकीय रूपान्तरण ल्याइदिनुभयो

Leave Your Comments Here.