तिनी
सैनिक थिए ।
तिनी स्पेनका भएकाले
तिनी स्पेनको तर्फबाट
फ्रान्सको विरुद्धमा युद्ध लड्दै
थिए । २०
मे १५२१ मा
भएको युद्धमा तिनी
सख्त घाइते बनाइए
। तर तिनको
वीरता देखेर शत्रुहरूले
तिनको तारिफ गरे
र केही दिनपश्चात्
तिनलाई आफ्नै देशमा फिर्ता
गरियो ।
तिनको
स्वास्थ्य अवस्था नाजुक बन्दै
गएको थियो ।
तिनले यस्ता लक्षणहरू
देखाउँदै थिए जसबाट
तिनको मृत्यु नजिकै
थियो भनी अनुमान
लगाउन सकिन्थ्यो ।
तिनको चङ्गाइको सम्बन्धमा
डाक्टरहरूमा पनि थोरै
मात्र आशा बाँकी
थियो । तर
अविश्वसनीय रूपमा तिनको स्वास्थ्यमा
सुधार आयो जसलाई
तिनले प्रभुको निगाह
सम्झे । तिनी
निको हुँदै गएका
थिए तर गोडामा
चोट लागेकोले तिनी
अझै पनि खडा
हुन सक्दैनथ्ये ।
त्यसैले, तिनी ओछयानमा
नै लम्पसार पर्थे
।
आख्यानसाथै
शुरवीरका कथाहरू पढ्नमा तिनलाई
रुचि लाग्थ्यो ।
तर त्यो घरमा
तिनले खोजेका पुस्तकहरू
पाइएनन् । त्यसैले,
तिनलाई येशू ख्रीष्टको
जीवनी र सन्तहरूको
जीवनी पढ्न दिइयो
। ती पुस्तकहरू
पढ्दा तिनलाई आनन्द
मिल्यो । तिनको
मनभित्र रहेका सांसारिक विचारलाई
बिस्तारै–बिस्तारै स्वर्गीय विचारले
विस्थापित गर्न लागे
। तिनले परिवर्तनको
महसुस गरे ।
को
थिए यी घाइते
फौजी ? तिनी थिए
लोयोलाका इग्नेसिएस जो पादरी,
ईश्वरशास्त्रीसाथै संस्थापक बने ।
तिनले ख्रीष्टाब्द १५४०
मा येशूको समाज
नामक संस्थाको स्थापना
गरे जसको सदस्यलाई
जेसुइट भनेर चिनिन्छ
। छात्रवृत्ति, शैक्षिक
उन्नतिसाथै व्यापक मिसनरी कामको
लाग जेसुइटहरू निकै
परिचित छन् । सत्रौँ
शताब्दीको पूर्वाद्र्धमा जेसुइट पादरी काठमाडौँमा
आएको ऐतिहासिक विवरण
छ । यसको
अर्थ हुन्छ कि
नेपालको मण्डली इतिहास नेपालको
एकीकरणभन्दा पुरानो छ ।