menu bar

Tuesday, May 24, 2016

म अझै पनि परमेश्वरमा आशा गर्दछु र उहाँको शक्तिमा अगाडि बढ्नेछु



विलियम केरीको जन्म ख्रीष्टाब्द १७६१ मा इङ्गल्यान्डमा भएको थियो तर तिनी भारतका मानिसहरूलाई सुसमाचार सुनाई तिनीहरूलाई प्रभु येशूमा जित्न चाहन्थे त्यसैले, १७९३ मा तिनी भारतमा आए जुन भूमिमा तिनले ४१ वर्ष बिताए आधुनिक मिसनका पिताभनेर चिनिने केरीले हप्तैपिच्छे, महिनैपिच्छे वर्षसम्म निरन्तर रूपमा येशूको सन्देश बाँडे तापनि एक जना भारतीयले पनि येशूमाथि विश्वास गरेन तिनी वर्षौंसम्म सङ्घर्ष आशङ्काको भूमरीमा जेलिए बारम्बार निरुत्साही भए तापनि पराजित भने भएनन् इङ्गल्यान्डमा भएका तिनका आफन्तहरूलाई तिनले यसरी लेखेका थिए:

एउटा किसानले उसको फसलसित अनुभव गरेजस्तै मैले अनुभव गरेको छु मलाई कहिलेकाहीँ बिउ उम्रिरहेको जस्तो लाग्दा ममा आशा उत्पन्न हुन्छ थोरै कुरोले सबै सर्वनाश पारिदिन्छ अनि मेरा सबै आशा बादलजस्तो भएर गायब हुन्छन् ती देखा परेका केवल झारपात रहेछन् वा मकैको सानो टुसा देखा पर्छ अनि छिट्टै मरेर जान्छ, झारपातको कारणले गर्दा वा सतावटको रापले गर्दा तथापि अझै पनि परमेश्वरमा आशा गर्दछु उहाँको शक्तिमा अगाडि बढ्नेछु उहाँको धार्मिकताको मात्र चर्चा गर्नेछु

परमेश्वरले तिनको आशालाई मार्नुभएन दसौँ लाखको भिडमा तिनको सेवाकार्यबाट केवल ७०० जना प्रभु येशूमा आएको भए तापनि बाइबल अनुवाद, शैक्षिक विकास सामाजिक सुधारको निम्ति तिनले प्रभावशाली जगको निर्माण गरे आधुनिक भारत निर्माणमा विलियम केरी केन्द्रिय पात्र हुन्


  

Leave Your Comments Here.