menu bar

Wednesday, May 4, 2016

ख्रीष्टियान दार्शनिकका तर्कबाट प्रभावित भई विद्यार्थीले आफ्नो जीवन येशूमा सुम्पे



विलियम लेन क्रेग वर्तमान समयका सबैभन्दा उत्कृष्ट ख्रीष्टियान दार्शनिकहरूमध्ये एक हुन् तिस ओटाभन्दा बेसी पुस्तकका लेखकसाथै सम्पादक क्रेग ख्रीष्टियान रक्षाशास्त्री, दार्शनिकसाथै ईश्वरशास्त्री हुन्

क्रेग एक पटक एक जना विद्यार्थीसित छलफल गर्दै थिए ती विद्यार्थी खुला थिए तर हिच्किचाउने प्रवृत्तिका थिए दार्शनिक क्रेगले तिनलाई येशूको पुनरुत्थानको पक्षमा भएका साक्षीहरूबारे विचार गर्न चुनौती दिँदा तिनले भने, “येशू मृतकहरूबाट बौरी उठ्नुभएको थियो भनी तपाईंले प्रमाणित गर्नुभयो भने ख्रीष्टियान हुनेछु क्रेगले अर्को हप्ता तिनीसित भेट गर्ने समय मिलाए तिनी येशूको पुनरुत्थानको पक्षमा भएका दरिला साक्षीहरू पेस गर्न चाहन्थे ती विद्यार्थीसित भेट गर्दा तिनले बिस मिनेटसम्म धारा प्रवाह रूपमा आफ्ना तर्कहरू प्रस्तुत गरे विद्यार्थीले मन्त्रमुग्ध भएर सुनिरहे त्यसपछि तिनले विद्यार्थीलाई कस्तो लाग्यो भनी सोधे विद्यार्थीसित कुनै प्रश्न थिएन दार्शनिकले प्रश्न गरे, “के तपाईं अहिले ख्रीष्टियान हुन तयार हुनुहुन्छ ?” तिनको जवाफमा निश्चयता थिएन, “मलाई थाहा छैन

यसबारे थप सोच्न क्रेगले विद्यार्थीलाई अनुरोध गरे अर्को हप्ता फेरि तिनलाई भेट्न आउने प्रतिज्ञासहित तिनी प्रस्थान गरे तेस्रो हप्तासम्ममा विद्यार्थी तयार भइसकेका थिए दुवै जना मिलेर सँगसँगै प्रार्थना गरे ती विद्यार्थीले येशूलाई आफ्नो जीवनमा निमन्त्रणा दिए कसैलाई विश्वासमा जित्नका लागि कसरी परमेश्वरले तार्किक प्रस्तुतीकरणलाई प्रयोग गर्नुहुन्छ भन्ने यो एउटा प्रस्ट नमुना हो    

Leave Your Comments Here.