येशूको
पछि म हिँड्न
लागेँ
दुनियाँलाई
त्यागी क्रूस नै बोकी
।
येशूको
पछि म हिँड्न
लागेँ
(फर्कंदिनँ,
फर्कंदिनँ ।) २
ख्रीष्टीय भजनको ३७६
नम्बरको पहिलो श्लोक हो
यो । यो
हाम्रो छिमेकी मुलुक भारतबाट
व्युत्पन्न भएको ख्रीष्टियान
भजन हो ।
भारतको उत्तर–पूर्वमा पर्ने
आसाम नामक प्रान्तमा
बस्ने एउटा मानिसको
मुखबाट निस्केका आखिरी शब्दहरूमा
आधारित रहेर यस
भजनको रचना गरिएको
हो ।
हिन्दु
धर्मको बाक्लो उपस्थिति रहेको
भारतको उत्तर–पूर्वी प्रान्तहरूमा
उन्नाइसौँ शताब्दीको मध्यतिर सुसमाचार
सुनाउन सजिलो थिएन ।
एकातिर हिन्दुहरूले जात प्रथालाई
मान्थे भने अर्कोतिर
त्यहाँका आदिवासीहरूले मान्छेका टाउका गेड्थे
। ती भूमिहरूमा
सुसमाचारको खातिर दर्जनौँ मिसनरीहरू
सहिद भएका छन्
।
एक
जना युरोपेली मिसनरीको
प्रयासद्वारा बल्लबल्ल आसामको अत्यन्तै
क्रूर गाउँको एउटा
परिवारले येशूमाथि विश्वास गर्यो
। पति, पत्नी
र दुई छोराले
येशूलाई अङ्गालेपछि बप्तिस्मा लिए
। तर गाउँले
प्रमुखले तिनीहरूलाई आ–आफ्नो
विश्वास त्याग गर्न जबरजस्ती
गरे । पति
आफ्नो नयाँ विश्वासमा
दृढ रहे र
तिनले जवाफ दिए,
“मैले येशूलाई पछयाउने
निर्णय लिएको छु ।”
त्यसपछि तुरुन्तै तिनका दुई
छोराको हत्या गरियो ।
तिनलाई विश्वास त्याग गर्ने
अर्को मौका दिइयो
तर तिनले मानेनन्
। भनिन्छ, तिनले
यस्तो प्रतिक्रिया दिएका
थिए, “संसार मेरो
पछि हुन सक्छ
तर क्रूस अझै
मेरो अगि छ
।” त्यसपछि तिनकी
पत्नीलाई पनि मारियो
। “यहाँ मसँगै
जाने कोही नभए
तापनि म अझै
येशूलाई पछयाउनेछु” भनेर गाइरहँदा
तिनलाई मृत्युदण्ड दिइएको थियो
।
मिसनरीको
भनाइअनुसार तिनी पछि
त्यस गाउँमा जाँदा
त्यहाँ एउटा जागृति
आएको थियो ।
उक्त परिवारलाई मार्ने
गाउँले प्रमुखसहित अन्यहरूले येशूमाथि
विश्वास गरेका थिए ।
मिसनरीले भारतका परिचित सुसमाचार
प्रचारक साधु सुन्दर
सिंहलाई यो खबर
बताए । सिंहले
ती सहिदको मुखबाट
निस्केका आखिरी वचनहरूलाई थपघट
गरी भजनमा ढाले
। यस भजनले
भारतीय भूमिमा तुरुन्तै लोकप्रियता
कमायो । विश्वविख्यात
प्रचारक बिल्ली ग्राहमका सुसमाचारीय
सभाहरूमा यस भजनले
नियमित ठाउँ पाएपछि
यसको लोकप्रियता ह्वात्तै
बढेको थियो ।