आफ्नो
दीक्षान्तपश्चात् समुएल लोगन ब्रेन्जललाई
अमेरिकाका ठुला–ठुला
मण्डलीहरूबाट पास्टरको प्रस्ताव आएको
थियो । तर
साल्भेसन
आर्मीमा सेवा
गर्न तिनको रुचि
बढ्दै गएको थियो
। त्यसैले, तिनी
अमेरिकाबाट इङ्गल्यान्ड लागे, संस्थापकलाई
भेटी स्वयम्सेवकको रूपमा
सेवा पुर्याउन ।
ख्रीष्टाब्द
१८६५ मा इङ्गल्यान्डको
राजधानी लन्डनमा विलियम बुथ
र तिनकी पत्नी
क्याथरिन बुथद्वारा स्थापित साल्भेसन
आर्मी अन्तर्राष्ट्रिय ख्रीष्टियान
परोपकारी संस्था हो जसले
हाल १२७ ओटा
मुलुकमा सेवा पुर्याइरहेको
छ । विश्वव्यापी
रूपमा परिचित यस
संस्थामा १० लाखभन्दा
बेसी सदस्यहरू छन्
।
समुएलले
विलियम बुथलाई भेटे तर
त्यो मैत्रीपूर्ण भएन
। बुथको बुझाइमा
समुएल आफ्नो जीवनको
मालिक आफै बनेकाले
तिनी खतरनाक मानिस
थिए र तिनले
संस्थाका नियमहरूलाई पालन गर्न
सक्थे वा सक्थेनन्
भन्ने कुरामा बुथलाई
शङ्का लागेको थियो
। त्यसैले, बुथले
अरुचिकासाथ समुएलको अनुरोधलाई यसो
भन्दै स्वीकार गरे,
“लामो समयसम्म तपाईं
आफ्नै मालिक बन्नुभएको
छ ।”
समुएलको
जीवनमा विनम्रता भर्न बुथले
तिनलाई अरू कर्मचारीका
जुत्ता सफा गर्ने
जिम्मा दिए जुन
कामलाई नीच ठानिन्थ्यो
। त्यस्तो जिम्मेवारी
दिएकोमा समूएललाई चित्त दुख्यो
र तिनले आफैलाई
भने, “के जुत्ता
टल्काउन मैले समुद्र
पार गरेर आएको
हुँ र ?” तथापि
तिनले येशूले आफ्ना
चेलाहरूका गोडा धुनुभएको
उदाहरणलाई सम्झे । तिनले
भने, “हे प्रभु,
तपाईंले तिनीहरूका गोडा धुनुभयो,
म तिनीहरूका जुत्ता
टल्काउनेछु ।”
पछि
समुएल उक्त संस्थाको
कमिस्नर बने ।
कमिस्नर साल्भेसन आर्मीको दोस्रो
उच्चतम पद हो,
पहिलो जेनेरल हो
। अमेरिकामा जन्मेर
उक्त पदमा पुग्ने
तिनी नै प्रथम
व्यक्ति बने ।
पवित्रताको शिक्षाको सम्बन्धमा तिनी
प्रमुख लेखक, शिक्षक र
वक्ता बने ।