menu bar

Saturday, May 21, 2016

महारानी भिक्टोरियाकाअनुसार बाइबल नै इङ्गल्यान्डको सफलताको रहस्य हो



१८ वर्षको उमरमा भिक्टोरिया ब्रिटिस साम्राज्यको महारानी बनेकी थिइन् ख्रीष्टाब्द १९०१ मा आफ्नो  देहान्त नहुञ्जेलसम्म उनले ब्रिटिस साम्राज्यमाथि ६३ वर्ष महिना राज्य गरिन् उनले एकातिर इङ्गल्यान्डमा कुनै पनि राजाले भन्दा बेसी शासन गरिन् भने अर्कोतिर उनी नै सारा इतिहासमा सबैभन्दा बेसी राज्य गर्ने महिला रानी बनिन् महारानी भिक्टोरियाको शासनकालमा बेलायतले औद्योगिक, सांस्कृतिक, राजनीतिक, वैज्ञानिक सैनिक क्षेत्रमा व्यापक परिवर्तन ल्याएको थियो एक वाक्यमा भन्नुपर्दा, इङ्गल्यान्डले उनको शासनकालमा जति उन्नति गर्यो त्यति कहिल्यै गरेको थिएन उनले उन्नाइसौँ शताब्दीभरि नै आफ्नो नाउँ चम्काइन् उन्नाइसौँ शताब्दीमा नै मिसनरी गतिविधि विश्वभर विस्फोट भएको थियो

महारानी भिक्टोरिया आफै अति नै धार्मिक स्त्री नभए तापनि संसारमा इङ्गल्यान्ड सर्वश्रेष्ठ मुलुक हुनुको पछाडि बाइबलले उल्लेखनीय भूमिका खेलेको थियो भन्ने तथ्यमा भने उनी सचेत थिइन् एक पटक अफ्रिकाका राजकुमारको राजदूत महारानीलाई भेट्न आए महारानीको सामु तिनले एउटा प्रश्न राखे जुन सोध्नू भनी तिनलाई आज्ञा गरिएको थियो, “संसारभरि नै तपाईंको राष्ट्रको शक्ति सफलताको रहस्य के हो ?” आफ्नो टेबुलमाथि भएको एउटा पुस्तकलाई उठाउँदै महारानीले जवाफ दिइन्, “इङ्गल्यान्डको सफलताको रहस्य यही पुस्तक हो भनी तपाईंको राजकुमारलाई बताइदिनू उनले हातमा उठाएको पुस्तक अरू कुनै नभएर पवित्र बाइबल थियो लन्डनस्थित नेसनल ग्यालरी सङ्ग्रहालयमा यस दृश्यको एउटा प्रसिद्ध चित्र पनि करिब ख्रीष्टाब्द १८६३ मा ब्रिटिस चित्रकार थोमस जे. बार्करद्वारा बनाइएको यस चित्रमा महारानीले हातमा बाइबल लिएकी छन्

Leave Your Comments Here.