menu bar

Friday, May 20, 2016

प्रहरीहरूले चौकीमा नै येशूको फिल्म हेरे



केही ख्रीष्टियानहरू जम्मा भई एउटा साहसपूर्ण कदमको लागि प्रार्थना गरे तिनीहरूले एउटा निषेधित देशको ३५ ओटा गाउँमा येशूको फिल्म, बाइबलसाथै जोस म्याकडोलद्वारा लिखित मोर देन कार्पेन्टर नामक पुस्तकहरू वितरण गर्ने आँट गरे ती सामग्रीहरू कसलाई दिने होला भनी सुरुमा तिनीहरू त्रसित बनेका थिए

तिनीहरू आफ्नो काममा अगाडि बढिरहँदा मध्यान्हको समयमा बन्दुक बोकेका केही प्रहरीहरूले तिनीहरूलाई रोके प्रहरीहरूले कारमा खोज तलास गरे अनि ती प्रभुका सेवकहरूलाई चौकीमा ल्याए तिनीहरूले ती सामग्रीहरूको गणना गरे अनि ती ख्रीष्टियानहरूलाई तल्लो कोठामा बन्द गरिदिए  

एक घण्टाजति बितेपछि ती विश्वासीहरू छक्क परे किनकि तिनीहरूले माथिल्लो तलामा प्रहरीहरूले येशूको फिल्म हेरिरहेको आवाज सुने प्रभुको स्तुति होस् ! थुनामा भए तापनि विश्वासीहरू आनन्दित भए त्यसपछि तिनीहरूले चौकी प्रमुख आएको थाहा पाए अनि फिल्मको आवाज रोकियो तरै पनि तिनको प्रस्थानलगत्तै ती प्रहरीहरूले फिल्मको पुन: आरम्भ गरेको पत्तो पाए ती विश्वासीहरूले

भोलीपल्ट विश्वासीहरूका सामग्रीहरूसहित तिनीहरूलाई छाड्ने निर्णय गरियो तिनीहरू जानलाई तयार गरिरहँदा दुई जना प्रहरी अगाडि बढी येशूको फिल्मको डीभीडीको लागि अनुरोध गरे अर्का एक जना पनि अगाडि बढी यसो भने, “तपाईंले मेरा मित्रलाई डीभीडी दिनुभयो मलाई पनि एउटा दिनुहुन्छ कि ?” अरू १० जना प्रहरीले पनि त्यसै गरे अन्त्यमा, ती विश्वासीहरूले सबै २५० ओटा डीभीडी पुस्तकहरू ती प्रहरीहरूलाई दिए   



Leave Your Comments Here.