ख्रीष्टाब्द
१८९६ मा विश्वविख्यात ब्रिटिस पुरातत्त्वविद् फ्लिन्डर्स
पेट्रीले मिश्रमा एउटा शिलालेख
पत्ता लगाए जसलाई
मर्नेप्ता
स्मारक
स्तम्भ
भनिन्छ । “इस्राएल”
को उल्लेख गर्ने
बाइबल बाहिरको यो
नै प्राचीनतम सन्दर्भ
भएकोले यसलाई इस्राएल स्मारक
स्तम्भ
पनि भनेर चिनिन्छ
।
मर्नेप्ता
प्राचीन मिश्रका राजा थिए
जसले १२१३–१२०३
ख्रीष्टपूर्वसम्म शासन गरेका
थिए । तिनी
रामसेस महान् (रामसेस द्वितीय)
का छोरा थिए
।
यस
शिलालेखलाई करिब १२१०
ख्रीष्टपूर्वमा तयार पारिएको
थियो । यसको
अर्थ हुन्छ कि
यो आजभन्दा लगभग
३,२०० वर्ष
पुरानो शिलालेख हो ।
भजनको रूपमा वर्णित
यस रचनामा २८
ओटा हरफहरू रहेका
छन् । यस
महत्त्वपूर्ण स्मारकलाई हाल मिश्रको
राजधानी काइरोस्थित मिश्री सङ्ग्रहालयमा राखिएको
छ ।
यस
स्तम्भमा खास गरी
लिबियालीहरू र तिनीहरूका
मित्र राष्ट्रहरूमाथि राजा
मर्नेप्ताको विजयलाई बयान गरिएको
छ । तर
बाइबलीय पुरातत्त्वविद्याको अध्ययनमा यस खोजको
महत्त्व यस हेतुले
रहेको छ कि
यसको अन्त्यतिर इस्राएल
जातिको चर्चा गरिएको छ,
“इस्राएल निर्जन भएको छ;
त्यससँग कुनै अन्न
छैन ।”
यस
खोजका मनग्गे महत्त्व
रहेका छन् ।
“इस्राएल” जातिको उल्लेख गर्ने
यो नै प्राचीनतम
बाइबलेतर सन्दर्भ हो ।
मिश्री अभिलेखहरूमा इस्राएलको चर्चा
गर्ने यही मात्र
एउटा शिलालेख हो
। विभाजित राज्यअगि
इस्राएलको उल्लेख गर्ने यही
मात्र एउटा सन्दर्भ
हो । इस्राएल
भन्ने जाति अस्तित्वमा
थियो र तेर्हौँ
शताब्दीमा तिनीहरू प्यालेस्टाइनमा बसेका
थिए भनी यसले
प्रमाणित गर्दछ । जुन
तरिकाले “इस्राएल” शब्दलाई लेखिएको
छ त्यसले इस्राएल
भौगोलिक सीमानाहरू भएको कुनै
देश नभई मानिसहरूको
एउटा समूह अर्थात्
जाति थियो भनी
अङ्कित गर्दछ । तब
यो प्रस्ट छ
कि यसले इस्राएलको
त्यो काल खण्डलाई
उल्लेख गर्दछ जुन बेला
त्यहाँ कुनै शासक
थिएन । न्यायकर्ताको
पुस्तकमा पटक–पटक
यस्ता भनाइहरू उल्लेख
भएको पाइन्छ, “ती
दिनमा इस्राएलमा कुनै
राजा थिएन, र
हरेक मानिसले आफ्नो
दृष्टिमा जे ठीक
लाग्यो त्यही गर्दथ्यो” (न्यायकर्ता
२१:२५) ।
यस स्तम्भमा अन्य
स्थापित सहरहरू र बाइबलीय
भूमिहरू (जस्तै: अश्कलोन, गेजेर
आदि) को सूचीमा
इस्राएलको नाउँ पनि
अभिलेख गरिएकोले इस्राएल नगण्य
जाति नभई तुलनाको
लागि योग्यसाथै महत्त्वपूर्ण
रहेछ भनेर पनि
यसले सूचित गर्दछ
। यस शिलालेखलाई
दिइएको मिति न्यायकर्ताको
पुस्तकमा इस्राएल जातिको उपस्थितिको
मितिसित सोर्है आना
मेल खाएको छ
।