menu bar

Sunday, January 31, 2016

आफ्ना छोरा र पतिको हत्यारालाई क्षमा दिने स्त्री



दुई दर्जभन्दा बेसी पुस्तकहरूका लेखक फिलिप यान्सी विख्यात ख्रीष्टियान लेखक हुन् तिनका झण्डै एक करोड पचास लाख किताबहरू बिक्री भइसकेका छन् ख्रीष्टाब्द २००३ मा तिनले र्युमर्स अफ एनादर वल्र्ड नामक कृति प्रकाशित गरे जसमा क्षमाको बारेमा एउटा ह्दय छुने घटना अभिलिखित

भान दे ब्रुक नाउँ गरेका पुलिसले एउटा घटनाको वर्णन गरे जसमा अन्य केही कर्मचारीहरूसित मिलेर तिनले अठार वर्षको केटोलाई गोली हानी उसको शरीरलाई जलाइदिएका थिए आठ वर्ष वर्षपश्चात् ब्रुक उही घरमा फर्के जहाँ तिनले केटोको बुबालाई पक्रे; उनलाई बाँधे; उनको शरीरमा पेट्रोल छर्के अनि आगो सल्काइदिए पत्नी यो ह्दयविदारक दृश्य हेर्न बाध्य थिइन्

आफ्नो छोरो पति गुमाउने स्त्रीलाई अदालतमा प्रतिक्रियाको मौका दिइएको थियो श्री भान दे ब्रुकबाट तपाईं के चाहनुहुन्छ ?,” न्यायाधीशले सोधे ब्रुकले उनका पतिलाई जहाँ जलाएका थिए तिनी त्यहीँ गएर धुलो जम्मा गरेर ल्याएको चाहन्थिन् ती स्त्रीले ताकि उनले आफ्ना पतिको निम्ति शिष्ट दफन कार्य गर्न सकून् शिर निहुराएर बसेका पुलिसले टाउको हल्लाउँदै सहमती जनाए

त्यसपछि ती स्त्रीले थप अनुरोध गरिन्, “श्री भान दे ब्रुकले मेरा सबै परिवारलाई मबाट खोसेर लगे तापनि दिनको लागि मसँग अझै धेरै प्रेम बाँकी नै तिनी महिनाको दुई पटक हाम्रो झुपडीमा आऊन् मसँगसँगै एक दिन बिताऊन् ताकि तिनको लागि आमा बन्न सकूँ परमेश्वरले तिनलाई क्षमा दिनुभएको मैले पनि क्षमा दिएको छु भनी श्री भान दे ब्रुकले जानेको चाहन्छु तिनलाई अङ्गालो हाल्न चाहन्छु ताकि मेरो क्षमा वास्तविक हो भनी तिनले जान्न सकून्

त्यसपछि अदालतमा मानिसहरूले एकै सोरमाअचम्मको अनुग्रहभन्ने भजन गाउन थाले  



Leave Your Comments Here.


Saturday, January 30, 2016

कसरी मानिसहरू ९०० वर्षभन्दा बढी बाँच्न सक्थे (उत्पत्ति ५) ?



उत्पत्ति अध्यायमा आदमदेखि नोआसम्मको वंशावली अभिलिखित गरिएको जहाँ तिनीहरूको दीर्घायुको उल्लेख गरिएको आदम ९३० वर्षसम्म (उत्पत्ति :); तिनका छोरा शेत ९१२ वर्षसम्म (उत्पत्ति :); मतूशेलह ९६९ वर्षसम्म (उत्पत्ति :२७) बाँचे उत्पत्ति अध्यायमा उल्लिखित वंशावलीमा मानिसहरूको सरदर आयु ९०० वर्ष देखिन्छ कसरी मानिसहरू यति धेरै वर्षसम्म बाँच्न सक्थे ?

आदम हव्वाको संरक्षणको लागि परमेश्वरले तिनीहरूलाई एउटा आदर्श वातावरणमा सृजनुभयो तिनीहरूको स्वास्थ्यको लागि अदनको बगैँचा अत्यन्तै उपयुक्त स्थल थियो तिनीहरू बगैँचाबाट निष्कासित भएपछि पनि तिनीहरूको दीर्घायुको निम्ति जलप्रलयअगिको वातावरण अत्यधिक अनुकूल थियो त्यस बेला कुनै रोग थिएन भनी अनुमान गर्न सकिन्छ

तर जलप्रलयको न्यायपश्चात् वातावरणमा व्यापक परिवर्तन आयो परिणामत: त्यसले मानिसको दीर्घायुमा प्रतिकूल असर गर्यो मोशाको समय (,४०० ख्रीष्टपूर्वतिर) सम्म आइपुग्दा मानिसको सरदर आयु ७० वर्ष कायम रहयो पतनको असर क्रमश: देखिन थाल्यो त्यसले मानवीय आयुमा पनि उल्लेखनीय रूपमा प्रभाव पार्यो अब मानिस पहिलेजस्तै गरी धेरै वर्षसम्म बाँच्न नसक्ने भयो   

जीव विज्ञानअनुसार मानिस धेरै वर्षसम्म बाँच्न नसक्ने कुनै कारण छैन वैज्ञानिकहरूलाई दीर्घायुले भन्दा मृत्युले बेसी पिरोलेको

निस्सन्देह, जलप्रलयअगिको उपयुक्त वातावरणको कारणले गर्दा नै मानिसहरू धेरै वर्षसम्म बाँच्न सकेका हुन् जलप्रलयपश्चात् मानवीय आयुमा क्रमश: र्‍हास आयो मोशाको समयसम्म आइपुग्दा उसको आयु ७० वर्षमा झर्यो (भजनसंग्रह ९०:१०)

Leave Your Comments Here.


Friday, January 29, 2016

समुद्री माछाको आक्रमणबाट बाँच्न सफल बेथानी परमेश्वरमा भर पर्छिन्



३१ अक्टोबर २००३ मा बेथानी हामिल्टन नाउँ गरेकी १३ वर्षकी किशोरी आफ्नी दौँतरी तिनका नातेदारहरूसँगै समुद्री तटमा गइन् उनी समुद्रको छालसँगै बहने खेल खेल्न गएकी थिइन् जसलाई सर्फिङ्ग भनिन्छ बिहानको साँढे सात बजेको थियो बेथानी आफ्नो सर्फबोर्ड (सर्फिङ्ग खेल्दा प्रयोग गरिने फलेक) माथि पल्टिरहँदा उनले आफ्नो बायाँ हात पानीमा झारेकी थिइन् १४ फिट लामो समुद्री माछाले उनलाई आक्रमण गर्यो त्यसले उनको बायाँ हातको काँधभन्दा तल बेसरी चोट पुर्यायो उनी माछाको आक्रमणबाट बाँच्न सफल भए तापनि उनले आफ्नो बायाँ हात भने सदाको लागि गुमाइन्

आफ्नो एउटा हात गुमे तापनि परमेश्वरमाथि भरोसा राख्दै उनी अगाडि बढिरहिन् उनले जीवन जिउने इच्छालाई त्याग गरिनन् उनी जीवनमा केही असाधारण कुरो गरेर देखाउन चाहन्थिन्  

हाल २५ वर्षकी यी युवती समुद्रसित खेल्ने स्त्रीको रूपमा अन्तर्राष्ट्रिय जगत्मा परिचित छिन् उनको कथा पुस्तक फिल्ममार्फत प्रचारप्रसार हुँदै

बेथानीका पास्टर स्टिभ थोम्पसनले उनको बारेमा भनेका छन्, “उनी भविष्यको प्रतीक्षा गर्दै छिन् उनले आफैलाई सोधेकी छन्, ‘मसित जीवन ; जीवनमा रमाउँछु मेरो जीवन आनन्दले भरिएको भनेर संसारलाई कसरी देखाउन सक्छु ?’ परमेश्वरले उनको हेरचाह गर्दै हुनुहुन्छ भन्ने कुरामा उनको प्रस्ट भरोसा

Leave Your Comments Here.


Thursday, January 28, 2016

परिचित अमेरिकी फुटबल खेलाडी वार्नरले भने, “येशूविना म केही होइनँ”



ख्रीष्टाब्द १९७१ मा अमेरिकामा जन्मेका कुर्ट वार्नर साविक फुटबल खेलाडी, हाल फुटबल विश्लेषकसाथै मानवप्रेमी हुन् तिनले २९ जनवारी २०१० मा फुटबल खेलबाट सन्यासको घोषणा गरेका थिए तिनी भक्त ख्रीष्टियान हुन् ४४ वर्षका वार्नरले यसरी गवाही दिएका छन्:

येशूलाई मेरा प्रभुको रूपमा स्वीकार गर्नुअगि मैले मेरो जीवन मेरो लागि मात्र जिउँथे मेरो जीवनको निम्ति परमेश्वरको के चाहना थियो भनी मैले उहाँलाई कहिल्यै सोधिनँ मैले चाहेको कुरोको लागि मात्र जिइरहेको थिएँ २५ वर्षको पुगेपछि मैले महसुस गरेँ कि येशूविना केही होइनँ पापको कारणले गर्दा उहाँबाट अलग भएको थिएँ मैले येशूलाई मेरो जीवनमा निमन्त्रणा दिएँ अनि उहाँको बाटो देखाउन अनुरोध गरेँ उहाँले स्वीकार गर्नुभयो येशू मेरो जीवनमा प्राथमिक स्थानमा रहनुभयो अनि मेरो जीवनमा ठुलो परिवर्तन देखा परेको

Leave Your Comments Here.


Wednesday, January 27, 2016

मेनो सिमोन्स: फरक दृष्टिकोण राखेकाले जसको टाउकोको मूल्य तोकियो



मेनो सिमोन्सलाई चिन्नु खतरनाक हुन्थ्यो भने तिनीसित मित्रता गाँस्नु घातक हुन्थ्यो मेनोलाई आश्रय दिएकाले टिजार्ड रेन्डर्सलाई दण्ड दिइएको थियो भने तिनलाई म्युज खोला पार गराएकाले एक जना माझीलाई मृत्युदण्ड दिइएको थियो निस्सन्देह, केहीको दृष्टिमा मेनो अपराधी नै बनेका थिए तर तिनको अपराध के थियो ? यही कि तिनले आफ्ना छिमेकीहरूले भन्दा फरक किसिमले धर्मशास्त्रको अर्थ खोले आफ्ना गतिविधिहरूलाई बुझ्ने उमेरसम्म आइपुगेको व्यक्तिलाई मात्र बप्तिस्मा दिइनुपर्छ कामद्वारा प्रकट नभएसम्म विश्वास व्यर्थ हुन्छ भन्ने तिनको विश्वास रहेको थियो यी विश्वासको कारणले गर्दा तिनको टाउकोको मूल्य तोकियो तिनले युरोपमा लुकिछीपि जीवन बिताउनुपरेको थियो

मेनो सिमोन्स नेदरल्यान्डका सुधारवादी थिए तिनी अन्ना बप्तिस नामक धार्मिक समुदायका अगुवा थिए तिनी सुधारवादीहरूका समकालिक थिए तिनका अनुयायीहरू मेनोनाइटहरू भनेर चिनिए

मेनो सिमोन्सको जन्म ख्रीष्टाब्द १४९६ मा तत्कालीन पवित्र रोमी साम्रज्यको फ्रिसल्यान्ड (वर्तमान नेदरल्यान्डको उत्तरपश्चिममा पर्ने प्रान्त) मा भएको थियो तिनको बाल्यावस्था परिवारबारे हामीलाई थोरै मात्र थाहा तिनी गरिब कृषक वातावरणमा हुर्केका थिए युद्धले क्षत विक्षत भएको देशमा हुर्केका थिए सिमोन्स

सिमोन्सले ल्याटिन केही ग्रिक सिके पादरी बन्ने तालिम लिँदा तिनले ल्याटिन मण्डली पिताहरूका बारेमा पढ्ने मौका पाएका थिए तालिम लिँदा वा त्यसभन्दा पहिले तिनले कहिल्यै बाइबल पढेका थिएनन् जीवनको पछिल्लो घडीमा तिनले आफूले तालिम लिएको समयको सम्झना गरी तिनले आफूलाई मूर्ख भनेका छन्

ख्रीष्टाब्द १५१५ मा तिनी रोमन क्याथोलिक पादरी बने केही वर्ष बितेपछि रोमन क्याथोलिकहरूले अभ्यास गर्दै आएका केही अभ्यासहरूले तिनलाई बेचैन बनाए त्यसैले तिनले गम्भीर रूपमा आफै धर्मशास्त्र अध्ययन गर्न थाले प्रभुभोज, शिशु बप्तिस्मासाथै मण्डलीका अन्य सिद्धान्तहरूको विषयमा क्याथोलिकहरूले दिएको शिक्षाप्रति तिनमा आशङ्का उत्पन्न भयो परिणामत: तिनले नयाँ करार सुधारवादी मार्टिन लुथरका रचनाहरूलाई ध्यान दिएर अध्ययन गरे अध्ययनले तिनलाई भिन्नै निष्कर्षमा पुर्यायो

बाइबल नै ख्रीष्टियानहरूको सर्वोच्च अधिकार हुनुपर्छ भन्ने लुथरको निष्कर्षसित तिनी बिस्तारैबिस्तारै सहमत भए १५३६ मा सिमोन्सले क्याथोलिक मण्डली पूजाहारीगिरीको अवधारणालाई इन्कार गरे तिनी अन्ना बप्तिस नाम गरेको ख्रीष्टियान समुदायसित मिल्न गए तिनी चाँडै नै प्रभावशाली व्यक्तिको रूपमा उदाए

सिमोन्सले हिंसाको मार्ग अपनाउने क्रान्तिकारी अन्ना बप्तिसहरूको विरोध गरे तापनि तिनले तिनीहरूलाई सहयोग गर्न खोजेकाले तिनी गिरफ्तारको खतरामा परे त्यसैले, तिनले झण्डै एक वर्ष लुकिछीपि जीवन बिताउनुपर्यो  

सिमोन्सले गेर्चुड नाम गरेकी स्त्रीसित बिहे गरे तिनीहरूले कम्तीमा पनि तिन जना सन्तानलाई जन्म दिएका थिए: दुई छोरी एक छोरा

सिमोन्सले कट्टरवादी ख्रीष्टियान विश्वासलाई अङ्गाल्थे येशू ख्रीष्टको ईश्वरत्वमाथि तिनको विश्वास रहेको थियो तिनले ख्रीष्टमाथि विश्वास गर्नेहरूलाई मात्रै बप्तिस्मा दिन्थे

३१ जनवरी १५६१ मा सिमोन्सको निधन भयो

Leave Your Comments Here.