हिएन
फाम नाउँ गरेका एक जना जवान मानिसले एसियाको दक्षिण–पूर्वमा पर्ने मुलुक भियतनाममा अमेरिकी सैनिकहरूको
लागि अनुवादको काम गर्थे । भियतानमको पतन
भएलगत्तै फामलाई गिरफ्तार गरी
झ्यालखानामा हालियो, तिनले अमेरिकीहरूलाई
सहायता गरेको आरोपमा ।
झ्यालखानाका
हाकिमहरूले फामलाई प्रजातन्त्रको विरुद्धमा
सिकाउन खोज्थे । तिनलाई
दिनदिनै माक्र्स र लेनिनका
विचारहरू पढ्न दिइन्थ्यो
। ती विचारहरू
तिनको मस्तिष्कमा बिस्तारै
टुसाको रूपमा पलाउन थाले
।
फामले
सोच्न लागे, “सायद
मलाई झुट बोलिएको
छ । सायद
परमेश्वर अस्तित्वमा हुनुहुन्न ।
सायद पश्चिमा जगत्ले
मलाई छल गरेको
छ ।” भोलिपल्ट
उठ्दा तिनले प्रार्थना
नगर्ने र आफ्नो
विश्वासको बारेमा नसोच्ने निधो
गरे ।
भोलिपल्ट
बिहान फामलाई झ्यालखानाका
शौचालयहरू सफा गर्ने
जिम्मा दिइयो । सफा
गर्ने क्रममा तिनले
टोइलेट पेपरको एउटा बाकस
भरिएर पेपरहरू यत्रतत्र
छरिएको देखे जसमध्ये
एउटा कागजको टुक्राले
तिनको ध्यान खिँच्यो
। तिनले हतारसँग
त्यसलाई पक्रे अनि त्यसलाई
सफा गरेर त्यसमा
लेखिएका कुराहरूलाई तिनले बेलुका
पढे, “हामी जान्दछौं,
उहाँलाई प्रेम गर्नेहरू र
उहाँका अभिप्रायअनुसार बोलाइएकाहरूका निम्ति हरेक कुरामा
परमेश्वरले भलाइ नै
गर्नुहुन्छ । किनकि
म यो पक्का
गरी जान्दछु कि
ख्रीष्ट येशू हाम्रा
प्रभुमा भएका परमेश्वरको
प्रेमबाट हामीलाई अलग गर्न
सक्नेछैन ।”
यो
वचन पढेर फाम
धुरुधुरु रोए ।
आफ्नो विश्वासलाई त्याग
गर्नै खोजेको व्यक्तिलाई
योभन्दा सान्दर्भिक खण्ड कुन
हुन सक्छ र
? तिनले परमेश्वरमा क्षमा मागे
। त्यस दिनदेखि
उसो फामले विश्वासद्वारा
जिउने र परमेश्वरका
प्रतिज्ञाहरूमा भर पर्ने
निर्णय लिएका छन् ।