व्यभिचारको
कारणले तेईस हजार
मरे भनी प्रेरित
पावलले बताएका छन्, “हामी
व्यभिचारमा फस्नुहुँदैन, जसरी तिनीहरूमध्ये
कति जना फसे,
र एकै दिनमा
तेईस हजार मरेका
थिए” (१ कोरिन्थी
१०:८) ।
निस्सन्देह, पावल यहाँ
गन्ती २५ अध्यायमा
अभिलिखित घटनालाई उल्लेख गर्दै
छन् जहाँ व्यभिचारको
कारणले गर्दा चौबिस हजार
मरे भनी बताइएको
छ, “तर विपत्तिमा
मर्नेहरू चौबीस हजार थिए”
(गन्ती २५:९)
। वास्तवमा त्यस
विपत्तिमा परेर कति
मरे— २३,०००
वा २४,०००
?
शित्तीमको
व्यभिचारको कथालाई यसरी सारांशमा
ल्याउन सकिन्छ । इस्राएलीहरू
मोआबका राजा बालाकको
इलाकामा आएकाले राजा त्रसित
भए र तिनले
परिचित भविष्यवक्ता बालामलाई भाडामा
लिए, परमेश्वरको जातिलाई
सराप दिन ।
बालाम आफ्नो तन्त्रमन्त्रसहित
अगाडि बढे ।
तर परमेश्वरको हस्तक्षेपको
कारणले तिनले सरापको सट्टा
चार पटक उदेकको
आशिष् दिए ।
बालाक क्रूद्ध बने
तर बालामले स्वीकार
गर्नु परेको थियो,
“निश्चय नै याकूबलाई
लाग्ने कुनै टुनामुना
छँदैछैन, इस्राएलको विरुद्धमा कुनै
जोखना छैन” (गन्ती
२३:२३) ।
भाडाको इनाम गुमाउन
नचाहेकोले भविष्यवक्ता बालामले आफैलाई
शैतानिक प्रेरणामा सुम्पिदिए ।
शैतानको भडकाउमा परेर तिनले
राजालाई एकातिर तानी तिनलाई
सल्लाह दिए कि
यदि तिनीहरूलाई यौनसम्बन्धी
अनैतिकतामा फसाएको खण्डमा तिनीहरूमाथि
विजय हासिल गर्न
सकिन्थ्यो भनी तिनले
राजालाई सल्लाह दिए ।
त्यसो गरेमा तिनीहरूका
परमेश्वर तिनीहरूका विरुद्धमा खडा
भई तिनीहरूलाई नष्ट
गर्नुहुनेथियो भनी बालामले
सुझाव दिए ।
रातारात इस्राएलको शिविरवरिपरि मिद्यानी
र मोआबीहरूका पालहरू
खडा गरिए ।
यी मद्यपान, यौन
र पापका स्थानहरू
थिए । फलस्वरूप
व्यभिचार व्यापक भयो ।
तुरुन्तै परमेश्वरको न्याय पर्यो
र परमेश्वरको
क्रोधको विपत्तिमा परी चौबिस
हजार मानिसहरू नष्ट
भए ।
पावलको
सङ्ख्या (२३,०००)
र गन्तीको पुस्तकमा
अभिलिखित सङ्ख्या (२४,०००)
फरक हुनुको सम्भाव्य
कारण यही हो
कि गन्तीको पुस्तकले
“विपत्तिमा” मर्नेहरू सबैको सङ्ख्यालाई
प्रस्तुत गर्दछ भने पावलले
“एकै दिनमा” मर्नेहरूको
सङ्ख्यालाई उल्लेख गरेका छन्
। यसको अर्थ
हुन्छ कि पुरै
विपत्तिमा मर्नेहरू जम्मा २४,००० थिए
जसमध्ये एकै दिनमा
२३,००० मरे
र बाँकी १,००० पछि
मरे ।