menu bar

Monday, January 11, 2016

मिसनबारे १४ ओटा भनाइहरू



परमेश्वरसित एक मात्र पुत्र हुनुहुन्थ्यो उहाँ मिसनरी हुनुहुन्थ्यो
डेभिड लिभिङ्गस्टोन, मिसनरीसाथै अन्वेषक

[कोलम्बसपश्चात्] मिसनरीहरूले विश्वलाई फन्को मार्दा ... तिनीहरूले अस्पतालहरूको स्थापना गरे तिनीहरूले अनाथालयहरू खोले तिनीहरूले बचाउ मिसनहरूको थालनी गरे तिनीहरूले धर्मशालाहरू निर्माण गरे तिनीहरूले गरिबहरूको निम्ति सुप वितरण गर्ने ठाउँ तयार पारे तिनीहरूले परोपकारी संस्थाहरू खोले तिनीहरूले कानुन परिवर्तन गरे तिनीहरूले प्रेमको प्रदर्शनी गरे तिनीहरू मानिसहरूको महत्त्व भन्ने दृष्टिकोणकासाथ जिए
जर्ज ग्रान्ट, लेखकसाथै पास्टर  

परमेश्वरको तरिकाले गरिएको परमेश्वरको काममा परमेश्वरको आपूर्तिको कहिल्यै कमी हुनेछैन
हडसन टेलर, चीनका लागि मिसनरी

मातृभाषामा उपलब्ध बाइबल महानतम मिसनरी हो यसको लागि अवकाशको आवश्यकता पर्दैन यसलाई कहिल्यै विदेशी ठानिन्छ
विलियम टाउनसेन्ड, मिसनरीसाथै भाषाशास्त्री

मैले मेरो जीवनको धेरै समय अफ्रिकामा बिताएकोले मैले गरेको बलिदानको बारेमा मानिसहरू कुरा गर्ने गर्छन् ... वास्तवमा यो कुनै बलिदान होइन बरु यसलाई विशेष अवसर भन्नुस्
डेभिड लिभिङ्गस्टोन, मिसनरीसाथै अन्वेषक

यदि मैले मानिसहरूका टिप्पणीहरूलाई वास्ता गरेको भए कहिल्यै मिसनरी बन्ने थिइनँ
सी. टी. स्टड, मिसनरीसाथै क्रिकेटर

एउटा मिसनरीको लागि तिन ओटा अपरिहार्य कुराहरूको आवश्यकता पर्दछ: () धैर्य () धैर्य () धैर्य ।
हडसन टेलर, चीनका लागि मिसनरी

हामी प्रायश: संसारलाई यो जस्तो त्यस्तै रूपमा देख्दैनौँ तर हामी जस्ता छौँ त्यस्तै रूपमा देख्छौँ
अज्ञात

प्रत्येक ख्रीष्टियान मिसनरी हो प्रत्येक गैरख्रीष्टियान मिसन क्षेत्र हो
विङ्की प्राट्नी

यदि तपाईंसित क्यान्सरको उपचार हुँदो हो के तपाईंले त्यसलाई बाँड्नु हुन्नथ्यो ? ... तपाईंसित मृत्युको उपचार ... बाहिर निस्कनुस् अनि यसलाई बाँड्नुस्
किर्क क्यामरुन, सुसमाचार प्रचारकसाथै अभिनेता

मण्डलीको मिसन हराएकाहरूलाई खोज्नु तिनीहरूलाई बचाउनु हो
जेम्स एच. अघी

महान् मण्डलीको चिन्ह यसको आसनको क्षमता होइन तर यसको पठाउने क्षमता हो
माइक स्टचुरा

परमेश्वरमा भर पर्ने कमजोर दुर्बल मानिसहरूलाई उहाँले प्रयोग गर्नुहुन्छ
हडसन टेलर, चीनका लागि मिसनरी

परमेश्वरबाट महान् कुराहरूको अपेक्षा गर्नुस्; परमेश्वरको निम्ति महान् कुराहरू गर्ने कोसिस गर्नुस्
विलियम केरी, मिसनरी, अनुवादकसाथै अभियन्ता





Leave Your Comments Here.