साहित्यमा
विद्यावारिधि गरेकी डा. होली
अर्डीले फेब्रुअरी २०१३ मा
नट
गड्स
टाइप
नामक एउटा पुस्तक
प्रकाशित गरिन् । यो
किताब उनको आफ्नै
व्यक्तिगत कहानी थियो ।
उनी नास्तिकबाट कसरी
ख्रीष्टियान बनिन् भनी उनले
यस कृतिमा अवगत
गराएकी छन् ।
उनले सुरु गरेका
छन्, “मैले मेरो
जीवनमा कहिल्यै प्रार्थना गरेकी
छैनँ; म कहिल्यै
मण्डली सेवामा गएकी छैनँ
। ख्रीष्टमसको अर्थ
उपहारहरू हो भने
इस्टरको अर्थ चकलेट
। त्योभन्दा अरू
केही होइन ।”
३१
वर्षको उमेरमा आइपुग्दा उनी
कलेजका नास्तिक प्राध्यापक थिइन्
। उनलाई आफ्नै
तरिकाले सोच्न मन पथ्र्यो
। ख्रीष्टियानहरूको बारेमा अपमानपूर्ण
टिप्पणी गर्दा उनी रमाउँथिन्
। परमेश्वरमाथि विश्वास
गर्नु भनेको अन्धविश्वाससिवाय
केही थिएन भन्ने
कुरोमा उनी विश्वस्त
थिइन् । परमेश्वरको
पक्षमा कुनै कारण
वा तर्क छैन
भन्ने उनको बुझाइ
रहेको थियो ।
तर
एक दिनको कुरो
हो । एक
जना आदरणीय र
तीक्ष्ण बुद्धि भएको मान्छेले
अर्डीको सामु तिनी
ख्रीष्टियान भएको खुलासा
गरे जसले परमेश्वरको
विषयमा सत्यताको खोजी गर्न
प्रेरित गर्यो अर्डीलाई
। आफ्नो खोजमा
परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने
निश्चयतामा पुगिन् उनी ।
नयाँ करार साँचो
छ र येशू
वास्तविक हुनुहुन्छ भन्ने निष्कर्षमा
पुगिन् ।
यसरी
बौद्धिक प्राध्यापक अर्डीले नास्तिकवादलाई
त्याग गरिन् अनि
आफ्नो खोजपश्चात् उनी
ख्रीष्टियान बनिन् ।