तिनको
नाउँ हो, चार्ली
एच. क्याम्पबेल ।
तिनी बुबा आमासँगै
मण्डलीमा जाने गरेको
भए तापनि माध्यमिक
तहमा पढिरहँदा तिनी
मण्डली जान छाडे
। कलेज पढ्दा
तिनी नास्तिक बनिसकेका
थिए । तर
नास्तिकवादको पक्षमा तिनीसित दरिला
साक्षीहरू भने थिएन
। तिनलाई आफ्नो
जीवन आफ्नै तरिकाले
जिउन मन लाग्थ्यो
। त्यसैले रक
स्टार वा अभिनेता
बन्ने तिनको सपना
थियो । तिनी
खराब लतहरूमा फसिसकेका
थिए ।
तर
एक्काइस वर्षको उमेरमा आइपुग्दा
चार्लीले कतै परमेश्वर
अस्तित्वमा हुनुहुन्छ कि भनेर
प्रश्न गर्न थाले
। “कसरी केही
कुरो (विश्व) आफै
उत्पन्न भएको हुन
सक्छ ?,” तिनको जिज्ञासा थियो
। तिनले परमेश्वरको
अस्तित्वसित जोडिएका प्रश्नहरूमाथि मनन
गर्न थाले ।
एक
दिन चार्ली मण्डली
गए अनि परमेश्वरको
अस्तित्वको पक्षमा लेखिएका पुस्तकहरू
देख्दा तिनी चकित
परे । तिनले
बाइबल, येशू ख्रीष्ट
र परमेश्वरको विषयमा
उपलब्ध साक्षीहरू पढे जुन
तिनले पहिले कहिल्यै
पढेका थिएनन् ।
नास्तिकवाद साक्षीमा आधारित थिएन
भनी तिनले बिस्तारै
महसुस गर्न थाले
।
परिणामत:
१९९० मा तिनले
आफ्नो जीवन प्रभु
येशूमाथि सुम्पे । तिनले
जीवनमा धेरै नै
पापहरू गरेका थिए ।
तिनले क्षमाको लागि
बिन्ती चढाए ।
तिनको जीवनमा सकारात्मक
परिवर्तनहरू देखिन लागे ।
तिनको जीवनमा ईश्वरीय
आकांक्षाहरूको टुसा पलाउन
थाल्यो । आश्चर्यपूर्ण
परिवर्तन देखेर तिनी आफै
नै दङ्ग परे
। परमेश्वरले तिनलाई
पापको शक्तिबाट छुटकारा
दिँदै हुनुहुन्थ्यो ।
बाइबलले भनेजस्तै तिनी नयाँ
सृष्टि बने (२
कोरिन्थी ५:१७)
।
अहिले
चार्ली ख्रीष्टियान विश्वासको पक्षमा
वकालत गर्ने अलवेज बि रेडी
नामक सेवाको निर्देशक
हुन् । तिनी
लेखकसाथै लोकप्रिय पाहुना शिक्षक
पनि हुन् ।