ख्रीष्टियान
मण्डलीले हरेक शताब्दीमा
सतावट भोग्दै आएको
छ: पहिलो शताब्दीदेखि
आज एक्काइसौँ शताब्दीसम्म
। सतावट मण्डलीको
एउटा हिस्सा नै
बनेको छ । आदि मण्डलीले
रोमबाट अकल्पनीय सतावट भोगेको
थियो । इतिहासलाई
नियाल्दा मण्डलीलाई सताउनेहरूले डरलाग्दो
अन्त्य भोग्नुपरेको सत्यता पनि
छर्लङ्गै छ ।
आदि
ख्रीष्टियानहरूलाई तीव्र रूपमा सतावट
गर्ने तिस जना
रोमी सम्राट्हरू, राज्य
प्रमुखहरू र उच्च
ओहोदामा भएका अधिकारीहरूमध्ये
एक जना पागल
बने; एक जनाको
आफ्नै छोरोद्वारा हत्या
गरियो; एक जना
अन्धा बने; एक
जनाका आँखाहरू निस्किए;
एक जनाको डुबेर
मृत्यु भयो; एक
जनाको घाँटी निमोठिएर
निधन भयो; एक
जना दुर्दशाग्रस्त निर्वासनमा
मरे; एक जना
अनौठो तरिकाले मरे;
एक जना रोगले
मरे; दुई जनाले
आत्महत्या गरे; एक
जनाले आत्महत्याको प्रयास
गरे तर त्यसलाई
पुरा गर्न अर्कोलाई
डाक्नुपर्यो;
पाँच जनाको आफ्नै
मानिसहरू वा नोकरहरूद्वारा
हत्या गरियो; अर्का
पाँच जनाले दुर्दशाग्रस्त
मृत्यु भोगे र
आठ जना युद्धमा
मारिए वा कैदी
बनाइएर लगिएपछि तिनीहरूको हत्या
गरियो ।