menu bar

Monday, January 4, 2016

प्रार्थनाबारे १६ ओटा भनाइहरू (भाग २)



प्रार्थनाको माटोमा कृतज्ञताका फुलहरूलाई फलाउनुस्
टेरी गुलमेट्स

अदृश्यलाई देख्नेहरूले मात्र असम्भव कुरोको प्रयास गर्न सक्दछन्
डिक इस्टम्यान, लेखक

प्रार्थनाले हामीलाई महानतर कामको लागि योग्य बनाउँदैन प्रार्थना नै महानतर काम हो
ओसवाल्ड च्याम्बर्स, सुसमाचार प्रचारकसाथै शिक्षक

प्रार्थनालाई मनोवाद नबनाउनुस्, यसलाई बातचित बनाउनुस्
अज्ञात

परमेश्वरको हरेक महान् अभियानको सङ्केत घुँडा टेक्ने पात्रमा पाइन्छ
डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक

यसरी काम गर्नुस् कि मानौँ तपाईं सय वर्षसम्म बाँच्नुहुनेछ यसरी प्रार्थना गर्नुस् कि मानौँ तपाईं भोली नै मर्नुहुनेछ
बेन्जामिन फ्रयाङ्कलिन, लेखक, राजनीतिज्ञसाथै वैज्ञानिक

येशूको नाउँमा प्रार्थना गर्नुको अर्थ उहाँको आत्मामा, उहाँको दयामा, उहाँको प्रेममा, उहाँको अधिकारमा, उहाँको फिक्रीमा प्रार्थना गर्नु हो अर्को शब्दमा भन्नुपर्दा, यसको अर्थ हुन्छ कि येशूले जस्तै प्रार्थना गर्नु
केनेथ एल. विलसन

प्रार्थना एउटा यस्तो मार्ग हो जसद्वारा तपाईं/ले शैतानलाई पराजित गर्नुहुन्छ; हराएकाहरूकहाँ पुग्नुहुन्छ; विश्वास त्याग गरेकोलाई पुनस्थापित गर्नुहुन्छ; सन्तहरूलाई मजबुत पार्नुहुन्छ; मिसनरीहरूलाई बाहिर पठाउनुहुन्छ; बिरामीलाई निको पार्नुहुन्छ; असम्भव कुरोलाई पुरा गर्नुहुन्छ परमेश्वरको इच्छालाई जान्नुहुन्छ
डेभिड जेरेमिया, लेखकसाथै पास्टर 

प्रार्थना एउटा कडी हो जसले हामीलाई परमेश्वरसित जोड्ने काम गर्दछ
. बी. सिम्पसोन, प्रचारक, ईश्वरशास्त्रीसाथै लेखक

यदि तपाईंहरू प्रार्थनाको लागि परदेशीहरू हुनुहुन्छ भने तपाईंहरू शक्तिको लागि परदेशीहरू हुनुहुन्छ
बिल्ली सन्डे, सुसमाचार प्रचारकसाथै खेलाडी

एकीकृत प्रार्थनासहितको सुरुआतविना कुनै राष्ट्र वा क्षेत्रमा कहिल्यै कुनै आत्मिक जागृति भएको छैन
. टी. पिएर्सन, पास्टरसाथै लेखक

एकान्तमा धेरै प्रार्थना गर्नेले सार्वजनिक स्थानमा थोरै प्रार्थना गर्दछ
डी. एल. मुडी, सुसमाचार प्रचारकसाथै प्रकाशक
  
तपाईंलाई प्रार्थना गर्न मन लाग्दा मात्रै प्रार्थना नगर्नुस्; परमेश्वरसित नियुक्ति गर्नुस् अनि त्यसलाई कार्यान्वयन गर्नुस्
कोरी टेन बुम, लेखिका

मैले हरेक बिहान प्रार्थनामा दुई घण्टा बिताइनँ भने त्यस दिन शैतानले विजय हासिल गर्दछ मैले गर्नुपर्ने कामहरू धेरै छन् तर दैनिक तिन घण्टा प्रार्थनामा नबिताईकन तिनमा प्रवेश गर्न सक्दिनँ
मार्टिन लुथर, सुधारवादी, लेखकसाथै ईश्वरशास्त्री

परमेश्वरको समयलाई वास्ता गर्नुस् अनि उहाँले तपाईंको समयको वास्ता गर्नुहुनेछ
अज्ञात

हामी प्रार्थनाविना केही पनि गर्न सक्दैनौँ अटुट प्रार्थनाद्वारा सबै कुरा गर्न सकिन्छ यसले सबै अवरोधहरूलाई परास्त गर्छ या हटाउँछ; विरोध गर्ने हरेक शक्तिमाथि विजय हासिल गर्दछ अजेय अवरोधहरूको मुहारमा आफ्ना लक्ष्यहरूलाई प्राप्त गर्दछ
. एम. बाउन्स, अधिवक्ता, लेखकसाथै अगुवा  

Leave Your Comments Here.