menu bar

Friday, January 8, 2016

येशूले पूर्वराष्ट्रपति किमलाई अपहरणकारीहरूबाट विस्मयकारी ढङ्गमा बचाउनुभयो



किम दक्षिण कोरियाका आठौँ राष्ट्रपति हुन् जसले ख्रीष्टाब्द १९९८२००३ सम्म शासन गरेका थिए ख्रीष्टाब्द २००० मा नोबेल शान्ति पुरस्कार जितेका किमलाईएसियाको नेल्सन मन्डेलाभनेर पनि चिनिन्छ

ख्रीष्टाब्द १९२४ मा दक्षिण कोरियामा जन्मेका किम अगस्ट १९७३ मा अपहरणमा परे दक्षिण कोरियाका तत्कालीन राष्ट्रपतिसाथै तानाशाह पार्क चुङ्ग हिको कार्यक्रमको आलोचना गरेकोले किमलाई जापानको राजधानी टोकियोको होटलबाट अपहरण गरिएको थियो उक्त अपहरणमा पर्दा परमेश्वरले तिनलाई कसरी अचम्म तरिकाले बचाउनुभएको थियो भनी ख्रीष्टाब्द २००० मा नोबेल शान्ति पुरस्कार हात पार्दा तिनले जानकारी गराएका थिए:

परमेश्वर सधैँ मसँग हुनुहुन्छ भन्ने विश्वाससहित बाँचेको छु त्यसलाई निरन्तरता दिनेछु १९७३ को अगस्टमा जापानमा निर्वासित हुँदा दक्षिण कोरियाको सैनिक सरकारका इन्टेलिजेन्स प्रतिनिधिहरूद्वारा टोकियोको होटलबाट मलाई अपहरण गरियो त्यस घटनाको समाचारले संसारलाई चकित तुल्यायो ती प्रतिनिधिहरूले मलाई समुद्रीतटमा रोकिराखेको तिनीहरूको डुङ्गामा लगे तिनीहरूले मलाई बाँधे; मेरा आँखा छोपिदिए अनि मेरो मुख बन्द गरिदिए तिनीहरूले मलाई डुङ्गाबाट फ्याँक्नै खोज्दा येशू ख्रीष्ट मेरो सामु स्पष्ट रूपमा देखिने गरी प्रकट हुनुभयो उहाँमा टाँसिएँ मलाई बचाउन मैले उहाँलाई बिन्ती चढाएँ ठिक त्यही क्षणमा, मृत्युको क्षणबाट मलाई बचाउन आकाशबाट एउटा विमान ओर्लियो

        

Leave Your Comments Here.