ग्लेडिज
अलवार्ड एक निर्भीक
स्त्रीको नाउँ हो
। उनी मनग्गे
प्रतिकूलताका बाबजुत पनि चीनमा
मिसनरी भई जाने
साहसिक स्त्री हुन् ।
नगण्य क्षमता भएको
व्यक्तिले पनि जब
आफैलाई पवित्र आत्माको हातमा
सुम्पन्छ तब उसले
जीवनमा कसरी असाधारण
काम गर्छ भन्ने
ज्वलन्त उदाहरण हो ग्लेडिज
।
यो
ख्रीष्टाब्द १९३८ को
कुरो हो जुन
बेला जापानी आक्रमणकारीहरूले
ग्लेडिज बसेको याङ्गचेङ्ग सहरमाथि
हमला गरे ।
उनले कैयौँ बालबालिकाहरूलाई
पालेर राखेकी थिइन्
। जापानीहरूले उनलाई
जासुसी ठानेकाले उनलाई त्यहाँ
बस्नु असुरक्षित थियो
। मार्च १९४०
मा आफूसँग भएका
१०० जना केटाकेटीलाई
लिएर उनी अर्को
प्रान्तको पहाडी गाउँमा भागिन्
।
जोखिमपूर्ण
यात्रामा एक बिहान
ग्लेडिजले सुरक्षाको कुनै आशा
देखिनन् । १३
वर्षकी सानी केटीले
उनलाई यसो भन्दै
सान्त्वना दिन खोजिन्,
“तपाईंले हामीलाई भन्नुभएको उजाड–स्थानमा मोशाको कथालाई
नभुल्नुस् ।”
उनको
जवाफ थियो, “हो
मेरी प्रिय, तर
म मोशा होइनँ
।”
ती
सानी ठिटीले यस्तो
वचन बोलिन् जसले
हामीलाई पनि हौसला
मिल्छ, “हो, तर
परमेश्वर अझै पनि
परमेश्वर नै हुनुहुन्छ
।”
एक
महिनापश्चात् तिनीहरू सुरक्षितसाथ आफ्नो
गन्तव्यमा पुगे ।
यति लामो र
जोखिमपूर्ण यात्रामा पनि एक
जना बच्चाको मृत्यु
भएन ।