येशू
ख्रीष्टमाथि विश्वास गर्न कुनै
पनि उमेर उपयुक्त
छ । जुनसुकै
उमेरको वृद्ध वा वृद्धाले
पनि उहाँमाथि भरोसा
गर्न सक्छ ।
येशूको दायाँ र बायाँ
टाँगिएका दुई जना
अपराधीहरूमध्ये एक जनाले
भनेका थिए, “हे
येशू, तपाईं आफ्नो
राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्
।” यो तिनको
जीवनको आखिरी घडी थियो
। तरै पनि
येशूमाथि भरोसा गर्न ढिलो
भएको थिएन ।
त्यसैले, येशूले तिनलाई भन्नुभयो,
“साँच्चै म तिमीलाई
भन्दछु, आजै तिमी
मसित स्वर्गलोकमा हुनेछौ”
(लूका २३:४३)
। यहाँ एक
जना यस्तै मानिसको
कथा छ ।
जेफ
स्ट्राटोनले अमेरिकाको इन्डियाना प्रान्तमा
पर्ने इभान्सभाइल नाम
गरेको सहरमा पास्टरको
सेवा गर्दै थिए
।
९३
वर्ष पुगेका वृद्ध
मानिसलाई भेट गर्न
पास्टर जेफलाई बोलाइयो ।
ती पाका मानिसको
नाउँ अडोल्फ अल्लेन
थियो जसलाई क्यान्सर
लागेको थियो ।
तिनी जँडयाहा थिए
। पहिलो भेटघाटमा
ती वृद्धले पास्टर
जेफलाई हेरेर सोधे, “आफ्नो
जीवन एक किसिमले
गुजारेर मर्ने बेलामा स्वर्ग
लैजानुहोस् भनी परमेश्वरलाई
बिन्ती गर्नु न्यायोचित हुन्छ
र ?”
झण्डै
एक मिनेट सोच
विचार गरेपछि पास्टरले
भने, “अडोल्फ, यो
न्यायोचित हुँदैन । तर
हाम्रो सौभाग्य नै हो
कि तपाईं र
मेरो लागि परमेश्वर
न्यायोचित हुनुहुन्न ।”
पास्टर
जेफले ती पाका
मानिसलाई उद्धारको योजनाबारे बताए
अनि ९३ वर्षका
ती वृद्ध मानिसले
आफ्नो शिर झुकाई
आफ्नो ह्दयमा येशू
ख्रीष्टलाई निमन्त्रणा दिए ।