ख्रीष्टाब्द
१८४६ मा पुरातत्त्वविद्
अस्टिन हेन्री लेयार्डले एउटा
स्मारक फेला पारे
जसलाई शलमनेशर तृतीयको
कालो
स्मारक
नाउँ दिइएको छ
। यस स्तम्भलाई
८२५ ख्रीष्टपूर्वमा तयार
पारिएको थियो ।
यसको अर्थ हुन्छ
कि यो आजभन्दा
झण्डै २,८००
वर्ष पुरानो ऐतिहासिकसाथै
पुरातात्त्विक महत्त्व बोकेको खोज
हो ।
सार्वजनिक
स्तम्भको रूपमा खडा गरिएको
यस स्मारकमा अश्शूरी
राजा शलमनेशर तृतीय
(८५८–८२४ ख्रीष्टपूर्व)
को सैनिक पराक्रमको
तारिफ गरिएको छ
। १.९८
मिटर उचाइ र
४५ सेन्टिमिटर चौडाइ
भएको यस स्मारकलाई
हाल इङ्गल्यान्डको राजधानी
लन्डनस्थित ब्रिटिस
सङ्ग्रहालयमा राखिएको
छ । चुनढुङ्गाबाट
निर्मित यस खोजलाई
इराकको निर्मुद सहरमा पत्ता
लगाइएको हो ।
यो प्राचीन अश्शूरको
राजधानी क्षेत्र थियो ।
यस
स्मारकमा बाइबलीय पात्र येहूको
उल्लेख भएकोले बाइबलका विद्यार्थीहरूको
लागि यो अति
नै महत्त्वपूर्ण ऐतिहासिक
स्मारक हो ।
वास्तवमा येहूको उल्लेख गर्ने
यो नै प्राचीनतम
खोज हो ।
येहू
इस्राएलका दशौँ राजा
थिए जसले ८४१–८१४ ख्रीष्टपूर्वसम्म
शासन गरेका थिए
। २ राजा
१०:३६ मा
लेखिएको छ, “येहूले
सामरियामा इस्राएलमाथि राज्य गरेको
समय अट्ठाईस वर्ष
थियो ।” राजा
येहूको बारेमा बताउने मुख्य
स्रोत २ राजा
९–१० अध्यायहरू
हुन् ।
एकातिर
यस खोजले येहू
नाउँका राजा थिए
भनी पुष्टि गर्दछ
भने अर्कोतिर इस्राएलको
उत्तरी राज्यको अस्तित्वलाई प्रमाणित
गर्दछ । इस्राएलको
राजाको उल्लेख गर्ने यो
नै प्राचीनतम खोज
हो । संसारकै
शक्तिशाली साम्राज्यका राजाले इस्राएलका
राजाको नाउँलाई आफ्नो स्मारकमा
उल्लेख गर्नुलाई उदेकको नै
मान्नुपर्छ ।