तिनी
सानै उमेरदेखि प्रतिभावन्
बालक थिए ।
तिन वर्षको उमेरमा
तिनी पढ्न सक्थे
। दस वर्षको
उमेरमा आइपुग्दा तिनलाई ल्याटिन
र ग्रिक भाषा
आउँथ्यो र तिनी
ईश्वरशास्त्रका गम्भीर विद्यार्थी बनिसकेका
थिए । सोर्ह
वर्षमा तिनी कलेज
(हाल ब्राउन विश्वविद्यालय)
प्रवेश गरिसकेका थिए ।
तिन वर्षपश्चात् कक्षाकै
उत्कृष्ट विद्यार्थीको रूपमा तिनले दीक्षान्त
पाएका थिए ।
तिनको नाउँ हो,
अदोनिराम जडसन ।
अदोनिराम
जडसन बर्मामा मिसनरी
बनेर गएका परमेश्वरका
शक्तिशाली योद्धा थिए जसले
उक्त देशमा झण्डै
४० वर्ष सेवा
गरे । तिनले
बाइबललाई बर्मेली भाषामा अनुवाद
गरे । तिनलाई
उत्तर अमेरिकाद्वारा पठाइएका
पहिलो प्रोटेस्टेन्ट मिसनरीको
रूपमा आदर गरिन्छ
। जडसन २५
वर्षको उमेरमा मिसनरी भई
बर्मा (हाल म्यान्मा)
गएका थिए ।
पिता
अदोनिराम र माता
अबिगेलबाट ९ अगस्ट
१७८८ मा अदोनिराम
जडसनको जन्म अमेरिकामा
भएको थियो ।
आफ्नो
साथीको प्रभावमा परेर जडसन
ख्रीष्टियान विश्वासबाट टाढिएको भए
तापनि साथीको मृत्युले
तिनको ह्दयमा ठुलो
चोट पुर्यायो ।
तिनी ख्रीष्टियान विश्वासतर्फ
फर्के र २०
वर्षको उमेरमा तिनले आफैलाई
परमेश्वरमा समर्पित गरे ।
तिनको परिवर्तनले तिनको
आत्मालाई मात्र बचाएन तर
तिनले आफ्नो बारेमा
देखेको प्रसिद्धिको सपनालाई पनि
चकनाचुर पारिदियो । अब
तिनको एउटै उद्देश्य
बन्यो: आफ्ना प्रभुलाई खुसी
पार्न आफ्नो जीवन
समर्पित गर्ने ।
५
फेब्रुअरी १८१२ मा
अदोनिरामले आन हसल्टिनसित
बिहे गरे ।
बिहेपश्चात् दुवै जना
विदेशी मिसनको एउटा हिस्सा
बन्ने आशा लिएर
भारत आए ।
तर ब्रिटिस इस्ट
इन्डिया
कम्पनीले कुनै पनि
मिसनरीलाई चाहेको थिएन ।
त्यसैले अदोनिराम र तिनकी
पत्नीलाई पनि भारत
छाड्न बाध्य गरियो
।
परमेश्वरको
योजनामा उक्त दम्पतीलाई
उहाँले छुट्टयाउनुभएको ठाउँ भारत
नभई बर्मा थियो
जहाँका मानिसहरूले कहिल्यै सुसमाचार
सुनेका थिएनन् । विश्वासका
साथ तिनीहरू चढेको
पानी जहाज बर्मामा
उत्रियो । बर्मेलीहरूले
विदेशीहरूप्रति मैत्रीपूर्ण व्यवहार गर्दैनथ्ये
। त्यहाँ राजाको
शासन थियो जसले
आफूले चाहेको कुरो
गथ्र्यो । कसलाई
जिउँदो राख्ने र कसलाई
मार्ने भन्ने शक्ति उसको
हातमा हुन्थ्यो ।
बुद्धबाहेक कुनै पनि
भगवान्लाई ईश्वरको रूपमा पुज्नु
बर्मामा गैरकानुनी थियो ।
तिनीहरू बर्माको र्याङ्गुन नामक सहरमा
उत्रिए । परमेश्वरले
तिनीहरूलाई त्यही ठाउँमा बसी
सेवा–कार्य गर्न
डाक्नुभएको थियो भनी
तिनीहरूले महसुस गरे ।
तिनीहरूको पहिलो काम थियो—
कठिन भाषा सिक्नु
। बिस्तारै–बिस्तारै
बर्मेली भाषा सिकी
अदोनिरामले बाइबलका पुस्तकहरू एकपछि
अर्को गर्दै बर्मेली
भाषामा अनुवाद गर्न थाले
। ६ वर्षपछि
तिनीहरूले आफ्नो पहिलो विश्वासी
मुङ्ग नाउलाई बप्तिस्मा
दिए । र्याङ्गुनमा
भएका विश्वासीहरूको सङ्ख्या
अठार पुगेपछि तिनीहरू
अभा भन्ने राजकीय
सहरतर्फ लागे, मिसनको कामको
लागि ।
ख्रीष्टाब्द
१८२४ मा इङ्गल्यान्ड
र बर्माको बिचमा
युद्धको थालनी भयो ।
अङ्ग्रेजहरू जासुस हुन् भनी
ठानी बर्मेलीहरूले सबै
विदेशीहरूलाई शङ्का गर्न थाले
। अदोनिराम मृत्यु जेल नामक झ्यालखानमा
हालिए । झण्डै
दुई वर्षको यातनापश्चात्
तिनी जेलमुक्त भए
। त्यस बेलासम्म
तिनकी पत्नी आनको
स्वास्थ्य सार्है बिग्रिसकेको
थियो । दुई
वर्षपश्चात् आनको मृत्यु
भयो । त्यसको
६ महिनापछि आफ्नी
दुई वर्षकी छोरी मारियालाई
गुमाउनुपर्यो
अदोनिरामले । तिनीहरूको
एउटा सन्तान पहिले
नै प्रभुमा सुतिसकेको
थियो । कैयौँ
वर्षसम्म अदोनिरामले ज्यादै सङ्र्घको
जीवन गुजार्नुपर्यो ।
तर पूरै बाइबललाई
बर्मेली भाषामा उतार्ने तिनको
लक्ष्यमा भने तिनले
सफलता पाईकन छाडे
।
१२
अप्रिल १८५० मा
६२ वर्षको उमेरमा
अदोनिराम यस धरतीबाट
बिदा भए ।
अदोनिरामले
बर्मेली भाषामा बाइबल अनुवाद
गर्नुका अतिरिक्त बर्मेली–अङ्ग्रेजी
शब्दकोश, अङ्ग्रेजी–बर्मेली शब्दकोश,
बर्मेली भाषाको व्याकरण र
दुई ओटा भजन
पनि छाडेर गएका
छन् ।
जवान
छँदा अदोनिरामले भनेका
थिए, “बर्मामा क्रूस
सदाको निम्ति स्थापित
नभएसम्म म यहाँबाट
जान्नँ ।” तिनले
बर्मामा आफ्नो मिसन थालनी
गर्दा तिनको लक्ष्य
थियो बर्मेली भाषामा
बाइबल अनुवाद गर्ने
र सय जना
विश्वासी भएको एउटा
मण्डली खडा गर्ने
। तिनको मृत्यु
हुँदासम्म तिनले बाइबल अनुवादलाई
पूरा गरिसकेका थिए
र सय ओटा
मण्डली स्थापना गरेका थिए
जसमा ८,०००
विश्वासी भइसकेका थिए ।