ख्रीष्टाब्द
१९६६ को आरम्भमा
ब्यारी लेभेन्थल जवान मानिस
थिए । तिनी
यहूदी धर्मावलम्बी थिए
। तिनी उक्ला फुटबल टिमका कप्तान
थिए । तिनी
राष्ट्रिय खेलाडी थिए ।
मानिसहरूबाट तिनले प्रशंसा बटुलिरहेका
थिए ।
एक
दिन केन्ट नाम
गरेका ब्यारीका मिल्ने
साथीले येशू ख्रीष्टलाई
ग्रहण गरेको कुरो
तिनले ब्यारीलाई सुनाए
। ब्यारीले बुझेनन्
। तर केन्टको
जीवनमा केही सकारात्मक
परिवर्तन देखिन थालेपछि ब्यारी
साथीको नयाँ विश्वासबारे
जान्न उत्सुक भए
।
बातचितको
क्रमम केन्टले ब्यारीलाई
भने, “दुई ओटा
कारणले गर्दा म हरेक
दिन यहूदीहरूको निम्ति
परमेश्वरलाई धन्यवाद दिन्छु ।
पहिलो, मेरो बाइबल
उपलब्ध गराउन परमेश्वरले तिनीहरूलाई
प्रयोग गर्नुभयो । दोस्रो
अझै महत्त्वपूर्ण छ:
परमेश्वरले आफ्ना मसीह संसारमा
ल्याउन यहूदीहरूलाई नै प्रयोग
गर्नुभयो । उहाँ
सारा संसारको पापको
लागि मर्नुभयो ।”
केही
हप्ता बितेपछि केन्टले
ब्यारीलाई एक जना
मान्छेसित परिचित गराए जसको
नाउँ थियो, हल
। हल उक्ला
कलेजमा क्याम्पस क्रुसेड
फर
क्राइस्ट
नामक ख्रीष्टियान संस्थाका
अगुवा थिए ।
एक
दिन पुरानो करारमा
अभिलिखित मसीहसम्बन्धी भविष्यवाणीहरू येशूको जीवनमा पुरा
भएका छन् भनी
हलले ब्यारीलाई बताउँदा
ब्यारी ठुलो सोरले
चिच्च्याए, “तपाईं कसरी यो
गर्न सक्नुहुन्छ ?” हलले
छली बाइबल प्रयोग
गर्दै थिए भनी
ब्यारीले तिनलाई दोश्याए ।
छली
बाइबल भनेको के
हो भनेर हलले
जान्न खोज्दा ब्यारीले
जवाफ दिए, “यहूदीहरूलाई
मूर्ख बनाउन तिमी
ख्रीष्टियानहरूले तिमीहरूका आफ्नै नयाँ
करारका ती कथित
मसीहसम्बन्धी भविष्यवाणीहरूलाई लिएर पुरानो
करारको संस्करणमा तिमीहरूले पुर्नलेखन
गर्ने काम गरेका
छौ ।”
हलले
होइन भनेर जवाफ
दिँदा ब्यारीले पत्याएनन्
। आफ्नै तानाक
(यहूदी बाइबल) खोलेर अध्ययन
गर्न हलले ब्यारीलाई
सुझाव दिए ।
ब्यारीले आफ्नो बाइबल (पुरानो
करार) खोलेर पढ्दा
तिनी तिन छक
खाए किनकि हलले
तिनलाई पुरानो करारबाट देखाएका
भविष्यवाणीहरू तिनको बाइबलमा पनि
थिए ।
ब्यारी
निकै अलमलमा परे,
खास गरी यशैया
५३ मा अभिलिखित
भविष्यवाणी देखेर । त्यो
कसको बारेमा भविष्यवाणी
गरिएको थियो भनेर
जान्न ब्यारीले रब्बी
(यहूदी गुरु) लाई सोधे
। तर रब्बीको
जवाफले तिनलाई झनै चकित
पार्यो,
“ब्यारी, मैले स्वीकार
गर्नैपर्छ कि मैले
यशैया ५३ अध्यायलाई
पढ्दा यसले येशूकै
बारेमा बताइरहेको जस्तो देखिन्छ
। तर हामी
यहूदीहरूले येशूमाथि विश्वास नगर्ने
भएकाले यसले येशूको
बारेमा बताएको हुन सक्दैन
।”
ब्यारीले
आफ्नै अध्ययन थाले
। २४ अप्रिल
१९६६ मा तिनी
एउटा निष्कर्षमा पुगे
अनि तिनले घुँडा
टेकी प्रार्थना गरे,
“हे येशू, म
विश्वास गर्दछु कि तपाईं
यहूदी जाति र
सारा संसारको लागि
प्रतिज्ञा गरिएको मसीह हुनुहुन्छ
। ... तपाईं मेरा
पापको लागि मर्नुभयो
अनि मृतकहरूबाट सदाको
निम्ति बौरी उठ्नुभयो
। तपाईंलाई म
मेरो जीवनमा मेरो
व्यक्तिगत प्रभु र मुक्तिदाता
भनेर स्वीकार गर्दछु
। मेरो सट्टामा
मर्नुभएको लागि तपाईंलाई
धन्यवाद छ ।”
त्यस
दिनदेखि तिनले यहूदीहरूका बिचमा
येशू नै पुरानो
करारमा प्रतिज्ञा गरिएको मसीह
हुनुहुन्छ भन्ने सन्देश बाँड्ने
गरेका छन्
। अहिले ब्यारीले
अमेरिकास्थित साउद्रन इभान्जलिकल सेमिनारी
नामक ख्रीष्टियान बाइबल
कलेजमा प्राज्ञिक डिनसाथै प्राध्यापकको
भूमिकामा सेवा पुर्याउँदै
छन् ।