जसरी
क्षमाविना प्रेम हुँदैन त्यसै
गरी प्रेमविना क्षमा
हुँदैन ।
ब्रायन्ट एच.
म्याकगिल,
लेखकसाथै
वक्ता
मेरो
लागि क्षमा भनेको
तपाईंले मलाई चोट
पुर्याउनुभएकोले
तपाईंलाई चोट पुर्याउने
मेरो अधिकारलाई त्याग
गर्नु हो ।
अज्ञात
क्षमा
दिनु भनेको कैदीलाई
स्वतन्त्र पारी त्यो
कैदी आफै हो
भनी आविष्कार गर्नु
हो ।
लुइस बी.
स्मिडेस,
लेखक,
नीतिज्ञसाथै
ईश्वरशास्त्री
क्षमा
प्रेमको उच्चतम र सबैभन्दा
सुन्दर रूप हो
। बदलामा, तपाईंले
नाप्न नसकिने शान्ति
र खुसी पाउनुहुन्छ
।
रोबर्ट मुलर
कमजोरहरूले
कहिल्यै क्षमा दिन सक्दैनन्
। क्षमा बलवान्हरूको
गुण हो ।
महात्मा गान्धी,
अगुवा
क्षमाले
विगतलाई बदल्दैन तर निस्सन्देह
यसले भविष्यलाई फराकिलो
बनाउँछ ।
पावल बोसे
क्षमा
दिन नसक्नेले त्यस्तो
साँघुलाई भाँच्छ जुन साँघुलाई
ऊ आफैले पार
गर्नुपर्ने हुन्छ ।
जर्ज हर्बट,
ईश्वरशास्त्री,
कविसाथै
वक्ता
तपाईंलाई
चोट पुर्याउने सबैलाई क्षमा
दिनुस्, तिनीहरूका निम्ति होइन
तर आफ्नै लागि
।
हरिट नेल्सन
क्षमा
सबैभन्दा मिठो बदला
हो ।
आइज्याक फ्राएडम्यान
जीवन
क्षमामा विद्यमान जोखिमपूर्ण यात्रा
हो ।
नर्मन कजिन्स,
लेखक,
प्राध्यापकसाथै
पत्रकार
क्षमा
क्रियाकलाप र स्वतन्त्रताको
लागि साँचो हो
।
हन्नाह अरेन्ड
क्षमा
वीरहरूको सद्गुण हो ।
इन्दिरा गान्धी,
राजनीतिज्ञ
रिसले
तपाईंलाई झन् सानो
बनाउँछ जब कि
क्षमाले तपाईंलाई बढ्न बाध्य
गराउँछ ।
चेरी कार्टर
स्कट,
लेखिका
क्षमा
विश्वासजस्तै हो ।
तपाईंले यसलाई जागृत तुल्याइरहनुपर्छ
।
मासोन कुली
कसरी
क्षमा दिने भनी
निर्भीकहरूले मात्र जान्दछन् ।
... डरछेरुवाले कहिल्यै क्षमा दिँदैन
। यो उसको
स्वभावमा छैन ।
लाउरेन स्टर्न,
उपन्यासकारसाथै
सेवक
क्षमा
दिनुस्, तिनीहरू क्षमाको लागि
योग्य भएको कारणले
गर्दा होइन तर
तपाईं शान्तिको लागि
योग्य भएको कारणले
गर्दा ।
अज्ञात
हामीले
क्षमा दिने क्षमतालाई
विकास गरी यसलाई
कायम राख्नुपर्छ ।
जससँग क्षमा दिने
शक्ति छैन उसँग
प्रेम गर्ने शक्ति
पनि हुँदैन ।
मार्टिन लुथर
किङ्ग
जुनियर,
पास्टर,
अभियन्तासाथै
मानवतावादी
तपाईंका
शत्रुहरूलाई क्षमा दिनुस् तर
तिनीहरूका नाउँ भने
कहिल्यै नबिर्सनुस् ।
जोन एफ.
केनेडी,
पैँतिसौँ
अमेरिकी
राष्ट्रपति
गल्ती
गर्नु मानवीय हो
भने क्षमा दिनु
ईश्वरीय हो ।
अलेक्ज्यान्डर पोप,
कवि
परमेश्वरले
हामीलाई क्षमा दिनुहुन्छ ।
... क्षमा नदिने म को
हुँ र ?
अलान पाटोन,
लेखकसाथै
अभियन्ता
क्षमा
रोजाइ हो तर
यो विकल्प भने
होइन ।
जोएल अस्टिन,
प्रचारक,
लेखकसाथै
पास्टर