इस्राएलको
दक्षिणमा पर्ने अरद (प्राचीन
यहूदा) नामक सहरमा
एउटा शिलालेख फेला
पारिएको छ जसमा
अन्य केही लेखहरूसँगै
“परमप्रभुको मन्दिर” भनेर पनि
लेखिएको छ ।
यस आविष्कारलाई छैटौँ
शताब्दी ख्रीष्टपूर्वको मिति दिइएको
छ जसको अर्थ
हुन्छ कि यो
२,६०० वर्ष
पुरानो लेखोट हो ।
यसको
लेखक अज्ञात भए
तापनि यसको प्रापक
भने प्रस्ट छ:
एलियासिब । यी
व्यक्तिको बारेमा हामीलाई केही
पनि थाहा छैन
।
यस
शिलालेखमा उल्लिखित सबैभन्दा उल्लेखनीय
सन्दर्भ “परमप्रभुको मन्दिर” ले
पक्कै पनि दसौँ
शताब्दी ख्रीष्टपूर्वमा सोलोमनद्वारा निर्मित मन्दिरलाई उल्लेख
गर्दछ । सोलोमनको
मन्दिरलाई उल्लेख गर्न यस्तो
अभिव्यक्तिलाई बाइबलमा बारम्बार प्रयोग
गरिएको छ ।
उदाहरणको लागि १
राजा ६:१४
मा लेखिएको छ,
“यसरी सोलोमनले परमप्रभुको
मन्दिर बनाएर सिद्ध्याए ।”
प्राचीन
संसारमा सोलोमनको मन्दिर एउटा
वैभवशाली मन्दिर थियो ।
यो इस्राएलीहरूको धार्मिक
गतिविधिको केन्द्र मात्र नभएर
परमप्रभुको बासस्थान पनि थियो
(१ राजा ८:१०,११)
। ५८७ ख्रीष्टपूर्वमा
राजा नबूकदनेसर द्वितीयद्वारा
यसको विनाश नगरिएसम्म
यो प्राचीन यरूशलेमको
सियोन पर्वतमा खडा
थियो । यस
मन्दिरको बारेमा बाइबलले सबिस्तार
ढङ्गमा वर्णन गरेको छ
।
बाइबलको
पुरातात्त्विक अध्ययनमा यस खोजको
उल्लेखनीय महत्त्व रहेको छ
। सोलोमनको मन्दिरलाई
उल्लेख गर्ने यो दोस्रो
प्राचीनतम खोज हो
। सोलोमनको मन्दिर
विनाश हुनुभन्दा केही
वर्षअगि मात्र यसको रचना
गरिएको थियो ।
यस
शिलालेखलाई अहिले इस्राएलस्थित इजराएल सङ्ग्रहालयमा राखिएको
छ ।