मदर
टेरेसा एक पटक
व्यापारिक यात्रुवाहक विमानबाट यात्रा
गर्दै थिइन् ।
विमान परिचारिका उनीकहाँ
खाना लिएर आइन्
। तर टेरेसाले
भनिन्, “म यो
खाना खान्नँ ।
बरु यसको जति
दाम पर्छ म
त्यो रुपियाँ पाउन
चाहन्छु र त्यो
गरिबहरूलाई दिन चाहन्छु
।”
परिचारिकाले
उनको अनुरोधलाई स्वीकार
गरिन् ।
गरिबहरूप्रति
मदर टेरेसाको प्रेमबाट
प्रेरित भई उनीसँगै
बसेका युवकले पनि
त्यो खाना खानुको
साटो त्यसको सट्टामा
उपलब्ध हुने रकम
मदर टेरेसामार्फत गरिबहरूलाई
दिने इच्छा व्यक्त
गरे । विमानका
अन्य यात्रुहरूले पनि
उही नमुनालाई पछयाउँदै
गए । छिट्टै
नै विमानको हरेक
यात्रुले खाना खानुको
साटो त्यही सरहको
पैसा गरिब र
उत्पीडनहरूलाई दिने घोषणा
गर्यो
।
विमान
ठिक ठाउँमा उत्रियो
। तर मदर
टेरेसाको एउटा खास
अनुरोध अझै बाँकी
थियो जसले उनको
खास साहसिक कार्यको
प्रदर्शन गर्छ ।
उनी विमानबाट झर्दै
गर्दा उनले एक
परिचारिकालाई सोधिन्, “हामी सबैले
फिर्ता गरेको त्यो खानालाई
अब के गरिन्छ
त ?”
ती सबै खाना
फ्याँकिन्छन् भनी परिचारिकाले
जानकारी गराइन् ।
तब
टेरेसाले जवाफ दिइन्,
“त्यसो हो भने
एकछिन पर्खनुस् ।
ती सबै खाना
यहाँ ल्याउनुस् ।
म खाँचोमा परेकाहरूलाई
बाँड्न चाहन्छु ।”
उनले
जसो भनेकी थिइन्,
त्यसै गरिन् ।
मदर
टेरेसा बिसौँ शताब्दीमा भारतमा
मिसनरी भई आउने
परमेश्वरकी विनम्र सेविका हुन्
। उनले कैयौँ
आभुषणहरू हात पार्नुका
साथै ख्रीष्टाब्द १९७९
मा नोबेल शान्ति
पुरस्कार
प्राप्त गरिन् । सारा
दुनियाँले मानव सेवाप्रति
उनको समर्पणताको कदर
गरेको छ । आफ्नो किशोरी अवस्थालाई
आफ्ने मातृभूमिमा बिताएपछि
अङ्ग्रेजी सिक्नको लागि टेरेसा
आयरल्यान्ड गइन् त्यसपछि
हाम्रो छिमेकी मुलुक भारत
आइन् जहाँ उनले
आफ्नो जीवनको अधिकांश
समय बिताइन् ।
२६
अगस्ट १९१० मा
मदर टेरेसाको जन्म
युरोपको दक्षिण पूर्वमा पर्ने
माकेडोनिया देशेको वर्तमान राजधानी
स्कोप्जीमा भएको थियो
। यो देश
ख्रीष्टाब्द १९१८ सम्म
अट्टोम्यान
साम्राज्यको भाग
थियो । बुबा
निकोली र आमा
ड्रनाफाइलबाट जन्मेकी टेरेसाको जन्मको
नाउँ अग्नेस गोङ्क्षा
बोजाक्सी थियो ।
उनी आठ वर्षको
छँदा बुबाको मृत्यु
भयो र उनलाई
हुर्काउने जिम्मा आमाको काँधमा
पर्यो
। उनलाई सानै
उमेरदेखि मिसनरीहरूको बारेमा पढ्न
औधी रुचि लाग्थ्यो
। बाह् वर्षको
उमेरसम्म आइपुग्दा उनले भिक्षुणी
(नन) हुने सपना
बोकेकी थिइन् । १८
वर्ष लागेपछि भारतमा
मिसनरी भई आउन
उनी केही स्त्रीहरू
(सिस्टरहरू) को समूहमा
मिसिइन् ।
ख्रीष्टाब्द
१९२९ मा टेरेसा
भारत आइन्, स्कुलका
केटाकेटीहरूलाई सिकाउन । उनले
पहिले दार्जिलिङमा पढाउने
काम गरिन् अनि
त्यसपछि उनी कलकत्ता
आइन् । कलकत्ताको
दयनीय गरिबीले उनको
विवेकलाई असहय बनायो
। १० सेप्टेम्बर
१९४६ मा उनले
परमेश्वरको आवाज सुनिन्
जसलाई उनले पछि
“बोलावटभित्रको बोलावट” भनेकी छन्
।
१९४८
बाट टेरेसाले कलकत्तामा
काम गर्न थालिन्
। परम्परागत भारतीय
भेषभुषाको आदर गर्न
उनले निलो किनारा
भएको सेता सारी
लगाइन् । उनी
भारतीय नागरिक बनिन् ।
उनी बिरामीहरू र
खाँचोमा परेकाहरूको मदत गर्न
तम्सिन् । ती
दिनमा यो पक्कै
सजिलो काम थिएन
। उनले थोरै
मात्र सहायता पाएकी
थिइन् । आवश्यकतामा
परेकाहरूलाई सहायता गर्ने क्रममा
एकातिर उनी आफै
धेरै पटक भोकै
बस्नुपरेको थियो भने
अर्कोतिर खानको लागि मगन्ते
बन्नुपरेको थियो ।
१९५०
मा मदर टेरेसाले
मिसनरीज
अफ
च्यारिटी
नामक धार्मिक संस्था
खोलिन् जसमा सुरुमा
केवल १३ जना
सदस्य थिए ।
आज यस संस्थामा
४,५०० भन्दा
बढी सिस्टरहरू भइसकेका
छन् र १३३
ओटा मुलुकहरूमा यो
संस्था सक्रिया रूपमा लागिपरेको
छ । यो
संस्थाले एचआइभी एड्स लागेका
मानिसहरू, कुष्ठरोगीहरू, क्षयरोग लागेकाहरूजस्ता रोगीहरूको
बिचमा काम गर्नुकासाथै
अनाथालय अनि स्कुलहरूमा
पनि आफ्नो सेवाको
पाललाई लम्ब्याएको छ ।
केहीले
टेरेसाको कामको आलोचना गरे
तापनि गरिबहरूको रक्षकको
रूपमा उनको ख्याति
बिस्तारै–बिस्तारै सारा संसारमा
फैलन लाग्यो ।
१९६२ मा भारत
सरकारले उनको कामको
तारिफ गर्दै पद्म श्री पुरस्कार प्रदान गर्यो
। त्यसपछि इनामहरूको
वर्षा सुरु भयो
। १९८० मा
उनले भारतको नागरिकले
प्राप्त गर्न सक्ने
उच्चतम पुरस्कार भरत रत्न
प्राप्त गरिन् ।
टेरेसाले
भनेकी छन्, “मेरो
काममा म सारा
संसारको हुँ ।
तर मेरो ह्दयमा
म ख्रीष्टको हुँ
।”
लाखौँ
मानिसहरूको जीवनमा सुधार ल्याउने
टेरेसा ८७ वर्षको
उमेरमा ५ सेप्टेम्बर
१९९७ मा यस
धरतीबाट बिदा भइन्
।