३१
अक्टोबर २००३ मा
बेथानी हामिल्टन नाउँ गरेकी
१३ वर्षकी किशोरी
आफ्नी दौँतरी र
तिनका नातेदारहरूसँगै समुद्री
तटमा गइन् ।
उनी समुद्रको छालसँगै
बहने खेल खेल्न
गएकी थिइन् जसलाई
सर्फिङ्ग
भनिन्छ । बिहानको
साँढे सात बजेको
थियो । बेथानी
आफ्नो सर्फबोर्ड (सर्फिङ्ग
खेल्दा प्रयोग गरिने फलेक)
माथि पल्टिरहँदा उनले
आफ्नो बायाँ हात
पानीमा झारेकी थिइन् ।
१४ फिट लामो
समुद्री माछाले उनलाई आक्रमण
गर्यो
र त्यसले उनको
बायाँ हातको काँधभन्दा
तल बेसरी चोट
पुर्यायो
। उनी माछाको
आक्रमणबाट बाँच्न सफल भए
तापनि उनले आफ्नो
बायाँ हात भने
सदाको लागि गुमाइन्
।
आफ्नो
एउटा हात गुमे
तापनि परमेश्वरमाथि भरोसा
राख्दै उनी अगाडि
बढिरहिन् । उनले
जीवन जिउने इच्छालाई
त्याग गरिनन् ।
उनी जीवनमा केही
असाधारण कुरो गरेर
देखाउन चाहन्थिन् ।
हाल
२५ वर्षकी यी
युवती समुद्रसित खेल्ने
स्त्रीको रूपमा अन्तर्राष्ट्रिय जगत्मा
परिचित छिन् ।
उनको कथा पुस्तक
र फिल्ममार्फत प्रचार–प्रसार हुँदै छ
।
बेथानीका
पास्टर स्टिभ थोम्पसनले उनको
बारेमा भनेका छन्, “उनी
भविष्यको प्रतीक्षा गर्दै छिन्
। उनले आफैलाई
सोधेकी छन्, ‘मसित जीवन
छ; म जीवनमा
रमाउँछु र मेरो
जीवन आनन्दले भरिएको
छ भनेर म
संसारलाई कसरी देखाउन
सक्छु ?’ परमेश्वरले उनको हेरचाह
गर्दै हुनुहुन्छ भन्ने
कुरामा उनको प्रस्ट
भरोसा छ ।”