उत्खननको
क्रममा इस्राएलमा कैयौँ छापहरू
पत्ता लगाइएका छन्
। धेरैजसो छापहरू
उच्च पदाधिकारीहरूको नाउँमा
छन् । हालसम्म
इस्राएल र यहूदाको
कुनै पनि राजाको
आफ्नै छाप फेला
नपारिए तापनि केही छापहरूमा
ती राजाहरूका व्यक्तिगत
नाउँहरू उल्लेख भएका छन्
। ख्रीष्टाब्द १९०४
मा त्यस्तै एउटा
छाप फेला पारियो
।
इस्राएलको
उत्तरपट्टि पर्ने मगिद्दो नामक
सहरमा पुरातत्त्वविद् गोटलिएब
स्कुमाचरको नेतृत्वमा उत्खनन गर्ने
क्रममा एउटा छाप
फेला पारियो जसमा
“यारोबामका नोकर सेमा”
भनेर लेखिएको छ
। यस छापमा
उल्लिखित यारोबाम प्राचीन इस्राएलका
राजा यारोबाम द्वितीय
हुन् भन्ने कुरामा
अधिकांश विद्वान्हरू सहमत छन्
।
यारोबाम
द्वितीय प्राचीन इस्राएलका चौधौँ
राजा थिए जसले
आठौँ शताब्दी ख्रीष्टपूर्वमा
एकचालिस वर्ष राज्य
गरेका थिए, “येहोआश
आफ्ना पित्रहरूसित सुते,
र इस्राएलका राजाहरूसित
सामरियामा गाडिए । अनि
तिनीपछि तिनका छोरा यारोबाम
राजा भए ।
... यहूदाका राजा योआशका
छोरा अमस्याहको पन्ध्रौँ
वर्षमा इस्राएलका राजा येहोआशका
छोरा यारोबाम सामरियामा
राजा भए, र
तिनले एकचालीस वर्ष
राज्य गरे” (२
राजा १४:१६,२३) ।
२,८०० वर्ष
पुरानो यो छापलाई
यारोबाम द्वितीयको राजदरबारमा प्रयोग
गरिन्थ्यो । यस
छापमा गर्जिरहेको सिँहको
आकृति कुँदिएको छ ।
यस छापले बाइबलमा
उल्लिखित राजा यारोबाम
द्वितीयको अस्तित्वलाई प्रमाणित गर्दछ
।