उत्पत्ति
५ अध्यायमा आदमदेखि
नोआसम्मको वंशावली अभिलिखित गरिएको
छ जहाँ तिनीहरूको
दीर्घायुको उल्लेख गरिएको छ
। आदम ९३०
वर्षसम्म (उत्पत्ति ५:५);
तिनका छोरा शेत
९१२ वर्षसम्म (उत्पत्ति
५:८); मतूशेलह
९६९ वर्षसम्म (उत्पत्ति
५:२७) बाँचे
। उत्पत्ति ५
अध्यायमा उल्लिखित वंशावलीमा मानिसहरूको
सरदर आयु ९००
वर्ष देखिन्छ ।
कसरी मानिसहरू यति
धेरै वर्षसम्म बाँच्न
सक्थे ?
आदम
र हव्वाको संरक्षणको
लागि परमेश्वरले तिनीहरूलाई
एउटा आदर्श वातावरणमा
सृजनुभयो । तिनीहरूको
स्वास्थ्यको लागि अदनको
बगैँचा अत्यन्तै उपयुक्त स्थल
थियो । तिनीहरू
बगैँचाबाट निष्कासित भएपछि पनि
तिनीहरूको दीर्घायुको निम्ति जलप्रलयअगिको
वातावरण अत्यधिक अनुकूल थियो
। त्यस बेला
कुनै रोग थिएन
भनी अनुमान गर्न
सकिन्छ ।
तर
जलप्रलयको न्यायपश्चात् वातावरणमा व्यापक परिवर्तन
आयो । परिणामत:
त्यसले मानिसको दीर्घायुमा प्रतिकूल
असर गर्यो ।
मोशाको समय (१,४०० ख्रीष्टपूर्वतिर)
सम्म आइपुग्दा मानिसको
सरदर आयु ७०
वर्ष कायम रहयो
। पतनको असर
क्रमश: देखिन थाल्यो र
त्यसले मानवीय आयुमा पनि
उल्लेखनीय रूपमा प्रभाव पार्यो
। अब मानिस
पहिलेजस्तै गरी धेरै
वर्षसम्म बाँच्न नसक्ने भयो
।
जीव
विज्ञानअनुसार मानिस धेरै वर्षसम्म
बाँच्न नसक्ने कुनै कारण
छैन । वैज्ञानिकहरूलाई
दीर्घायुले भन्दा मृत्युले बेसी
पिरोलेको छ ।
निस्सन्देह,
जलप्रलयअगिको उपयुक्त वातावरणको कारणले
गर्दा नै मानिसहरू
धेरै वर्षसम्म बाँच्न
सकेका हुन् ।
जलप्रलयपश्चात् मानवीय आयुमा क्रमश:
र्हास आयो र
मोशाको समयसम्म आइपुग्दा उसको
आयु ७० वर्षमा
झर्यो
(भजनसंग्रह ९०:१०)
।