ख्रीष्टाब्द
१८३४ मा इङ्गल्यान्डमा
जन्मेका चाल्र्स स्परजिन उन्नाइसौँ
शताब्दीको उत्तराद्र्धमा इङ्गल्यान्डका सर्वश्रेष्ठ प्रचारक थिए
। “प्रचारकहरूका राजकुमार”
भनेर चिनिने स्परजिनले
जीवनमा अनुमानित एक करोड
मानिसहरूलाई प्रचार गरे ।
तिनले लन्डनस्थित एउटा
मण्डलीमा ३८ वर्षसम्म
पास्टर भई प्रभुको
सेवा गरे ।
मानिसहरूको
जीवनमा उदेकको परिवर्तन ल्याउन
परमेश्वरले तिनका वचनहरूलाई असाधारण
रूपमा प्रयोग गर्नुभएका
उदाहरणहरू मनग्गे पाइन्छन् ।
एक साँझ भएको
एउटा घटना त्यस्तै
उदाहरणहरूमध्ये एक हो
।
एक
साँझ एउटी वेश्या
आत्माहत्या गर्ने हेतुले ब्ल्याकफ्रायर्स ब्रिजतर्फ अगाडि
बढ्दै थिइन् ।
यो इङ्गल्यान्डको राजधानी
लन्डनस्थित एउटा पुलको
नाउँ हो ।
जाने क्रममा उनी
मण्डलीमा आएर रोकिइन्,
केही वचन सुन्ने
आशाका साथ ।
विख्यात वक्ता चाल्र्स स्परजिनले
लूका ७:३६–५० बाट
प्रचार गरिरहेका थिए ।
यस खण्डमा येशूको
पाउलाई आफ्ना आँसुले पुछ्ने
एउटी पापी स्त्री
अर्थात् वेश्याको बारेमा बताइएको
छ । स्परजिनले
खासमा पद ४४
लाई जोड दिँदै
थिए जहाँ लेखिएको
छ, “यस स्त्रीलाई
देख्तछौ ?” वक्ताको प्रवचन सुनेपछि
ती स्त्रीले आफूलाई
हेरिन् र परमेश्वरको
उदेकको अनुग्रहलाई पनि देखिन्
अनि उनले आफ्नो
जीवन येशू ख्रीष्टमा
अर्पण गरिन् ।
परमेश्वरको
वचनले उनलाई आत्महत्या
गर्नदेखि रोक्नुकासाथै अनन्त जीवन पनि
प्रदान गर्यो ।
के यो मानव
जीवनलाई परिवर्तन गर्नमा बाइबलको
वचनमा असाधारण शक्ति
छ भन्ने प्रस्ट
नमुना होइन र
?