२१
अप्रिल १८५५ मा
एक जना बाइबल
शिक्षक जुत्ता गोदामभित्र प्रवेश
गरे जहाँ एक
जना जवान केटोले
जुत्ताहरू पोको पार्ने
काम गर्दै थिए
। शिक्षकले भने,
“ख्रीष्टले तपाईंलाई कति धेरै
माया गर्नुहुन्छ भनी
म तपाईंलाई बताउन
चाहन्छु ।”
परमेश्वरले
आफूलाई प्रेम गर्नुभएको सत्यतालाई
बुझेपछि तिनले घुँडा टेके
र येशूलाई मुक्तिदाताको
रूपमा स्वीकार गरे
। वर्षौंपछि तिनले
यस अनुभवलाई व्यक्त
गरे, “म नयाँ
संसारमा थिएँ ।
चराचुरुङ्गीहरूले अझै मिठो
गाए; सूर्यको तेज
अझै चम्किलो भयो
। मैले यस्तो
शान्तिको बोध कहिल्यै
गरेको थिइनँ ।”
ती ठिटा अरू
कोही नभएर डी.
एल. मुडी थिए
।
मुडीको
बारेमा सुसमाचार प्रचारक हेन्री
भार्लेले भनेका थिए, “परमेश्वरको
निम्ति पूर्ण रूपमा समर्पित
यस मानिसद्वारा ... उहाँले
कस्तो काम गर्नुहुनेछ
भनी संसारले अझै
देख्न बाँकी नै
छ ।” तिनले
भनेजस्तै पछिल्ला वर्षहरूमा परमेश्वरले
मुडीलाई अद्भूत रूपमा चलाउनुभयो
।
डी.
एल. मुडीको पुरा
नाउँ हो, ड्विट
लेम्यान मुडी ।
तिनी उन्नाइसौँ शताब्दीका
एक महान् वक्ता
हुन् । ह्वाइटफिल्डपश्चात्
परमेश्वरको निम्ति दुई ओटा
महादेश हल्लाउने पहिलो सुसमाचार
प्रचारक थिए मुडी
। तिनी सुसमाचार
प्रचारकसाथै प्रकाशक थिए ।
तिनले मण्डली, बाइबल
स्कुल र प्रकाशनको
स्थापना गरेका थिए ।
बुबा
एडविन जे. मुडी
र आमा बेत्सी
मुडीबाट ५ फेब्रुअरी
१८३७ मा डी.
एल. मुडीको जन्म
अमेरिकामा भएको थियो
। एडविन र
बेत्सीबाट जन्मेका ९ जना
सन्तानमध्ये मुडी छैटौँ
सन्तान थिए ।
मुडी केवल ४
वर्षको हुँदा तिनका पिताको
मृत्यु भएको थियो
। पतिको मृत्यु
भएपछि त्यति ठुलो
परिवारलाई पाल्न बेत्सीलाई हम्मेहम्मे
परेको थियो ।
सानै उमेरदेखि बाँच्नको
लागि कमाउनुपरेको थियो
मुडीले । तिनले
केवल सात कक्षा
बराबरको शिक्षा हासिल गरे
।
डी.
एल. मुडी १७
वर्ष पुगेपछि तिनी
बोस्टनमा भएका आफ्ना
नातेदार (अङ्कल) को जुत्ता
पसलमा गए, काम
गर्नको लागि ।
परमेश्वरले तिनलाई कति धेरै
माया गर्नुहुन्छ भन्ने
वचन सुनेपछि १८
वर्षको उमेरमा मुडीले आफ्नो
जीवन प्रभु येशूमा
सुम्पे । त्यसको
केही समय बितेपछि
तिनी सिकागो प्रस्थान
गरे जहाँ तिनले
पैसा कमाउने उद्देश्यले
जुत्ता बेच्ने काम गरे
। व्यापारमा तिनी
निकै मिहिनेती भए
तापनि तिनी धार्मिक
कामको लागि आकर्षित
थिए । तिनका
मित्रहरूको भनाइअनुसार यदि तिनी
व्यापारमा नै लागिरहेका
भए तिनी करोडपति
हुन्थे ।
ख्रीष्टाब्द
१८५८ मा सिकागोमा
तिनले मिसन सन्डे
स्कुल
खोले जुन छिट्टै
मण्डलीमा परिणत भयो ।
सामाजिक र सुसमाचारीय
काममा केन्द्रित हुन
सकोस् भन्ने हेतुले
१८६१ सम्म आइपुग्दा
तिनले आफ्नो व्यापारको
कामलाई छाडिदिए ।
१८६२
मा मुडी इम्मा
सी. रेभेलसित वैवाहिक
बन्धनमा बाँधिए जुन बेला
तिनी २५ वर्ष
पुगेका थिए भने
रेभेल १९ वर्षकी
थिइन् । परमेश्वरले
यी दम्पतीलाई तिन
सन्तान दिनुभयो: इम्मा, विलियम
र पावल ।
ख्रीष्टाब्द
१८७२ मा मुडी
इङ्गल्यान्ड जाँदा तिनले मण्डलीका
कैयौँ सभाहरूमा बोले
। तिनी प्रसिद्ध
वक्ता बनिसकेका थिए
। मुडी बाइबल
इन्स्टिच्युटद्वारा प्रकाशित पत्र–पत्रिकाहरूले मुडीलाई उन्नाइसौँ शताब्दीकै
महानतम प्रचारकको रूपमा उल्लेख
गर्थे । तिनका
प्रवचनहरू सुन्न हजारौँ मानिसहरूको
भिड लाग्थे ।
तिनका प्रवचनहरू किताबहरूमा
छापिन्थे; पत्र–पत्रिकाहरूमा
छापिन्थे र पर्चाहरूमा
छापिन्थे ।
१६
नोभेम्बर १८९९ मा
तिनले लूका १४:१६–२६
बाट आफ्नो अन्तिम
प्रवचन तोडे ।
त्यस उपदेशलाई सुनेर
उक्त रात सैयौँ
मानिसहरूले आफ्नो जीवन येशूमा
सुम्पे । त्यसपछि
तिनी निकै बिरामी
परे अनि ६२
वर्षको उमेरमा २२ डिसेम्बर
१८९९ मा तिनी
सदाको लागि प्रभुको
घरमा प्रस्थान गरे
। भनिन्छ, मृत्युको
क्षणमा तिनले यी वचनहरू
बोलेका थिए, “म पृथ्वी
पछिल्तिर हटिरहेको देख्दै छु;
स्वर्ग नजिकिँदै छ । परमेश्वरले मलाई डाक्दै
हुनुहुन्छ । यो
मेरो विजय हो
। यो मेरो
राज्याभिषेकको दिन हो
। यो महिमित
छ । परमेश्वर
डाक्दै हुनुहुन्छ र म जानैपर्छ ।”
मुडी
आफैले कुनै कृति
नलेखेको भए तापनि
तिनका प्रवचनहरूसाथै तिनका
अध्ययनहरूलाई पछि सङ्कलन
गरिएको थियो ।
तिनका प्रवचनहरू सुनेर
दस लाख मानिसहरूले
प्रभु येशूलाई स्वीकार
गरेको अनुमान गरिएको
छ ।
डी.
एल. मुडी परमेश्वरमा
पूर्णत: समर्पित सेवक थिए;
तिनी प्रार्थनाको योद्धा
थिए; परमेश्वरको वचनका
विद्यार्थी थिए; विनम्र
व्यक्ति थिए; रुपियाँ–पैसाको मोहबाट टाढा
थिए र हराएकाहरूका
निम्ति जोसिला थिए ।